मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७८ बैशाख १३ सोमबार ०७:०८:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

सिंगापुरको सहयोगमा  भारतमा अक्सिजन एयरलिफ्ट, अन्य देशबाट पनि आयात

Read Time : > 1 मिनेट
एजेन्सी
२०७८ बैशाख १३ सोमबार ०७:०८:००

कोरोना– १९ महामारीमा अक्सिजन संकट पैदा भएपछि भारतले विदेशबाट ठूलो संख्यामा अक्सिजन केन्द्र आयातको निर्णय लिएको छ । दश हजारभन्दा बढी अक्सिजन केन्द्र आयात गर्ने भारत सरकारको निर्णय छ । ‘१० हजार अक्सिजन केन्द्र अर्डरमा राखिएको छ र अर्को हप्तादेखि अमेरिकाबाट अक्सिजन कन्सेन्ट्रेटर आयात सुरु हुनेछ,’ सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी एनआईले लेखेको छ । विदेशबाट अक्सिजनका कन्टेनर ल्याउने प्रयास पनि भएका छन् । तीन महिनाका लागि भन्सार शुल्क हटाइएको छ । 

यतिवेला भारतमा दैनिक १२ सय टन अक्सिजन उत्पादन भएको छ र पूरै अक्सिजन कोरोना बिरामीका लागि खपत भएको छ । संक्रमण बढ्दै जाँदा अक्सिजनको माग १५ देखि १६ सय टन पुगेको छ । तर, तत्काल अक्सिजनको माग घट्ने कुनै संकेत देखिएको छैन । कोभिडअगाडि भारतमा दैनिक सात सय टन अक्सिजन जरुरत थियो भने अहिले पाँच हजार टन पुगेको छ । भारतमा करिब पाँच सय कम्पनीले हावाबाट अक्सिजन निकाल्ने र शुद्ध गर्ने काम गर्छन् । त्यसपछि यसलाई तरल बनाएर अस्पताल पठाइन्छ । 

भारतले अक्सिजनको बढ्दो माग पूरा गर्न धेरै विदेशी निजी कम्पनीहरूसँग पनि सम्झौता गरेको छ । अर्को हप्ता ठूलो संख्यामा अक्सिजन केन्द्रकर्ताहरू आउने र त्यसले बढ्दो संकटलाई कम गर्ने भारतको विश्वास छ । विदेशमा रहेका भारतीय मिसन पनि अक्सिजन आपूर्तिका लागि जुटेका छन् । रसियाले पनि हरेक साता तीन लाख रेडेडेभिर इन्जेक्सन प्रस्ताव गरेको छ र भारतमा अक्सिजन पठाउन चाहेको पनि बताएको छ । चीनले पनि भारतलाई सहयोग गर्न चाहेको छ ।

फिलिप्स इन्डियाले अक्सिजन केन्द्रहरूको आपूर्ति गर्ने भएको छ । फिलिप्ससँग विशेष रूपमा कोभिड– १९ का लागि चाहिने धेरै उत्पादन छन्, जसमा भेन्टिलेटर, अक्सिजन केन्द्र, अल्ट्रासाउन्ड, मोनिटर र पोर्टेबल आइसियू छन् । हालको अक्सिजनको मागका लागि उसले अक्सिजन केन्द्रको विश्वव्यापी उत्पादनमा उल्लेखनीय वृद्धि गरेका छ ।

हाल भारतको राजधानीसहितका धेरै अस्पतालमा अक्सिजन अभाव छ ।  धेरै अस्पतालमा अक्सिजन आपूर्ति नहुँदा दैनिक सयौँ संक्रमितले ज्यान गुमाएका छन् । अक्सिजन अभावलाई लिएर अदालतले पनि चासो देखाएका छन् । दिल्ली उच्च अदालतले तत्कालन अक्सिजन व्यवस्था गर्न निर्देशन नै दिएको छ । अक्सिजन अभाव र अक्सिजन पाउने अनिश्चितताले चिकित्सकहरू चिन्तित बनेका छन् ।