मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १० शुक्रबार
  • Wednesday, 18 December, 2024
विदुषी राणा
२o७८ बैशाख १० शुक्रबार ११:१६:oo
Read Time : > 6 मिनेट
Read Time : > 6 मिनेट
विदुषी राणा
नयाँ पत्रिका
२o७८ बैशाख १० शुक्रबार ११:१६:oo

नेपाली जुत्ता विदेशमा निर्यात हुन थालेको झन्डै तीन दशक पुग्यो । ०५० तिरै गोल्डस्टार जुत्ता भारततर्फ निर्यात हुन थालेको हो । अहिले भारतको उत्तर प्रदेश, बिहारलगायत राज्यहरूमा गोल्डस्टार निकै लोकप्रिय छ । 

गोल्डस्टार जुत्ता भारत निर्यातको पनि रोचक कथा छ । त्यसताका नेपालमा एकदमै सस्तो मूल्यमा बलियो जुत्ता उत्पादन भइरहेको थियो । तर, इन्डियामा नेपाली जुत्ताको प्राइस रेन्जमा त्यति राम्रो जुत्ता उत्पादन भएकै थिएन । नेपालको तराई भेगमा गोल्डस्टार जुत्ता लोकप्रिय हुँदै गएपछि सीमावर्ती भारतीयमाझ पनि नेपाली जुत्ता सस्तो र बलियो छ भन्दै चर्चा चल्न थाल्यो । सीमा क्षेत्रका भारतीय उपभोक्ताले बोर्डरमा आएर नेपाली जुत्ता किनेर लैजान थाले । भारतमा गोल्डस्टार यसरी लोकप्रिय भयो कि त्यहाँका व्यापारीले नेपालमा आएर गोल्डस्टार जुत्ता लगेर भारतीय बजारमा बिक्री सुरु गरे । त्यसवेलासम्म नेपालमा उत्पादित वस्तु निर्यात पनि हुन सक्छ भन्ने थिएन । भारतीयले गोल्डस्टार रुचाउन थालेपछि भारतमामा वितरक राख्न थाल्यौँ । अहिले पूरै भारतभर गोल्डस्टार पुग्छ, तैपनि हाम्रो मुख्य बजार भनेको युपी, बिहार, दिल्ली एनसिआर, पन्जाब र वेस्ट बंगाल हो । 

एक समय गोल्डस्टारका धेरै जुत्ता भारतमा बिक्री हुन्थ्यो । गोल्डस्टारको बजार भारतमा ८० प्रतिशत र नेपालमा २० प्रतिशत मात्र थियो । तर, अहिले अवस्था फेरिएको छ । अहिले भारत ५० प्रतिशत जुत्ता निर्यात हुन्छ भने नेपालमा ५० प्रतिशत जुत्ता खपत हुन्छन् ।

बर्सेनि अर्बौं विदेशी मुद्रा भित्र्याएर राज्यलाई योगदान गरिरहेको गोल्डस्टारको भारत निर्यात खुम्चिदै जानुको पनि आफ्नै कथा छ । भारत निर्यात खुम्चिए पनि हामीले तेस्रो मुलुकहरूमा गोल्डस्टार पुर्‍याउन थालेका छौँ । अस्ट्रेलिया, मलेसिया, दुबई, बहराइन, भुटान, अमेरिकालगायत मुलुकमा गोल्डस्टार पुगिसकेको छ । सिड्नी र बहराइनमा स्टोर नै खोलेका छौँ । नेपाली डायस्पोरामा गोल्डस्टार निकै लोकप्रिय छ । त्यहाँको आउटलेटमा विदेशीहरू पनि आएर नेपाली जुुत्ता किनेर लैजान्छन् । तर, नेपाली ब्रान्डलाई विदेशमा जति निर्यात गर्ने सम्भावना छ, त्यति काम गर्न सकिरहेका छैनौँ । ठूलो मात्रामा निर्यात गर्न सकेका छैनौँ । कोभिडपछि विदेशी मुलुकमा गोल्डस्टार फैलाउन जोडतोडले लाग्नेछौँ ।

अहिले भारतमा ५० प्रतिशत जुत्ता निर्यात हुन्छ । अस्ट्रेलिया, मलेसिया, दुबई, बहराइन, भुटान, अमेरिकालगायत मुलुकमा गोल्डस्टार पुगिसकेको छ । सिड्नी र बहराइनमा स्टोर नै खोलेका छौँ । नेपाली डायस्पोरामा गोल्डस्टार निकै लोकप्रिय छ । त्यहाँको आउटलेटमा विदेशी पनि आएर नेपाली जुुत्ता किन्छन् । नेपाली ब्रान्डलाई विदेशमा निर्यात गर्ने जति सम्भावना छ, त्यति काम गर्न सकिरहेका छैनौँ ।

विदेशमा बजार ठूलो, उपस्थिति न्यून
विदेशमा नेपाली ब्रान्डलाई माया गर्ने धेरै हुनुहुन्छ । नेपाली डायस्पोराले स्वदेशी ब्रान्ड उपभोग गर्न पाउँदा गौरवान्वित महसुस गर्छ । विदेशका पसल–पसलमा ‘मेड इन नेपाल’ लेखिएका नेपाली सामान बिक्रीमा राखेको देख्ने मन कसलाई नहोला । कतिपय नेपाली ब्रान्डहरू विदेशका पसलहरूमा देखिन पनि थालिसकेका छन् ।
नेपाली ब्रान्डका रूपमा स्थापित चाउचाउ, जुत्ता, जुत्ताको सोल, मदिरा, कफी, चिया, गार्मेन्ट, पानी, पस्मिना, गलैँचा, हस्तकलालगायत वस्तुहरू विदेशी बजारमा पुगेका छन् । विदेशमा नेपाली वस्तु मनपराइदिएकै कारण यी ब्रान्डहरू निर्यात गर्न सम्भव भएको हो । नेपालका चर्चित चेन रेस्टुराँले विदेशमा समेत आउटलेट विस्तार गरिरहेका छन् । यति हुँदाहुँदै पनि विदेशमा नेपाली ब्रान्डको उपस्थिति एकदमै न्यून छ । एकाध नेपाली वस्तुहरू मात्र निकै न्यून भोल्युममा निर्यात भइरहेको छ । विदेशमा नेपाली वस्तु निर्यात गरेर लाभ लिन सक्ने सम्भावनाबाट हामी चुकिरहेका छौँ ।

कुनै समय नेपाली गार्मेन्ट, पस्मिना, गलैँचा, हस्तकला सामग्रीलगायत ठूलो परिमाणमा निर्यात हुन्थ्यो । विदेशका ठूला पसलमा नेपाली पस्मिना बिक्रीमा राखेको देख्न पाइन्थ्यो । तर, अहिले सबैको निर्यात खुम्चिदै गइरहेको देखिन्छ । हामीले गुणस्तरीय वस्तु उत्पादन गरेर राम्रोसँग ब्रान्डिङ तथा मार्केटिङ गर्न सकेको खण्डमा विदेशमा राम्रै बजार पाउन सकिन्छ ।

अहिले हाम्रोमा विश्वका सबैजसो ब्रान्ड भित्रिसकेका छन् । तर, हामीले नेपालमा उत्पादित वस्तुलाई विश्वव्यापी फैलाउन सकेका छैनौँ । विदेशमा नेपाली ब्रान्डलाई फैलाउन सकेमा बहुआयामिक फाइदा पुग्ने देखिन्छ । एकातिर ठूलो लगानीका उद्योग खुल्न थाल्छन्, जसले रोजगारी सिर्जना हुन्छ । जस्तो कि, गोल्डस्टारले करिब तीन हजारलाई रोजगारी दिइरहेको छ । अर्कोतिर विदेशमा वस्तु निर्यात गर्दा विदेशी मुद्रा भित्रिन्छ । कुनै पनि देशको कुनै पनि ब्रान्डले विदेशमा सम्बन्धित मुलुकलाई चिनाउन ब्रान्ड एम्बास्डरको भूमिका पनि खेलिरहेको हुन्छ ।

नेपाल हिमालयको मुलुक हो । हामीले सगरमाथाको पानीदेखि लुम्बिनीमा फल्ने धानसम्म ब्रान्डिङ गरेर निर्यात गर्न सक्छौँ । नेपालको हिमालय क्षेत्रमा पाइने उत्पादनलाई ‘हाई भेल्युम प्रोडक्ट’का रूपमा निर्यात गर्न सकिन्छ । उच्च हिमाली क्षेत्रको भनेपछि धेरै विदेशी उत्सुक हुन्छन् । हामीलाई कुनै पनि वस्तु विदेशमा ब्रान्डिङ गर्नका लागि ‘हिमालय’ राम्रो ‘एड्भान्टेज’ हो । हामीले सगरमाथाको पानीलाई ब्रान्डिङ गरेर विश्वकै महँगो पानीका रूपमा निर्यात गर्न सकिन्छ । तर, हामीले उल्टै विदेशबाट पानी आयात गरिरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । हामीले हिमालयको मुलुक हुनुको फाइदा कहिल्यै लिन सकेनौँ ।
 

अहिले पनि नेपालमा उत्पादित धागोको मुख्य बजार विदेश नै हो । यहाँ उत्पादित धागो भारत, टर्कीलगायत मुलुकमा पुग्छ । नेपालमा फलेको चिया र कफी पनि धेरै मुलुकमा पुग्छ । नेपाली वस्तुहरू गुणस्तरीय नभइदिएको भए कहाँबाट निर्यात गर्न सकिन्थ्यो र । तर, हामीले गुणस्तरीय र युनिक वस्तुहरू उत्पादन गर्न सक्ने हुँदाहुँदै पनि निर्यात गर्न चुकिरहेका छौँ । नेपालबाट जुत्ता–चप्पल, गलैँचा, गार्मेन्ट, पस्मिना, धागो, चाउचाउ, पानी, जडीबुटी, हिमाली भेगका उत्पादनलाई ब्रान्डिङ गरेर ठूलो भोल्युममा निर्यात गर्न सकिन्छ । कतिपय विदेशमा बसिरहेका नेपालीले आफ्नो देशलाई चिनाउने ब्रान्ड पनि स्थापित गरेको देखिन्छ ।
 
विश्वव्यापी फैलिन नसक्नुका कारण
अहिले नेपालमा १५ सय हाराहारी जुत्ता कारखाना छन् । जुत्ता कारखानामा थुप्रै कर्मचारीले रोजगारी पाउँछन् । मुलुकभित्र रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा जुत्ता उद्योगहरूको ठूलो भूमिका छ । तर, नेपालमा भारत र चीनबाट ठूलो परिमाणमा अन्डर इन्भ्वाइस (कम मूल्यांकन) भएर जुत्ता–चप्पल भित्रिँदा स्वदेशी उद्योग मारमा छन् । विदेशबाट कर छली गरेर आएका सस्ता जुत्तासँग प्रतिस्पर्धा गर्न कठिन हुन्छ । ठूलो परिमाणमा विदेशबाट जुत्ता–चप्पल चोरीपैठारी भएर भित्रिनु नै स्वदेशी उद्योग फस्टाउन नसक्नुको पहिलो कारण हो ।

हामीले नेपालमा उत्पादित थुप्रै वस्तुहरू विदेशमा निर्यात गर्न सक्छौँ । नेपाली ब्रान्ड विदेशमा फैलिन नसक्नुको मुख्य कारण नीतिगत अवरोध हो । मुलुकको विद्यमान कानुनले नेपालीलाई विदेशमा लगानी गर्न स्वीकृति दिँदैन । भारत, अफ्रिका, युरोपलगायत मुलुकमा फ्याक्ट्री लगाउन पाएको भए नेपाली जुत्तालाई विश्वभरि फैलाउन सजिलो हुन्थ्यो । विदेशीले नेपालमा लगानी गरेर कमाएर लैजान पाउँछन्, तर हामीले विदेशमा लगानी गरेर नेपाली ब्रान्डलाई विश्वव्यापी बनाउन र विदेशी मुद्रा भिœयाउन पाउँदैनौँ । त्यो नै नेपाली ब्रान्डको विश्वयात्राको पहिलो अवरोध हो । यदि विदेशमा लगानी गर्ने नीति हुन्थ्यो भने हामीले विभिन्न मुलुकमा फ्याक्ट्री लगाइसकेका हुन्थ्यौँ । गोल्स्टार विश्वका धेरै ठाउँमा पुगिसकेको हुन्थ्यो । भारतमा मार्केट लिडर हुन्थ्यो होला । तर, त्यो मौका अहिले गुमाउनुपर्ने बाध्यता छ । 

निर्यातमूलक उद्योगलाई प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आयो । तर, हामीले दुई वर्ष मिहिनेत गर्दा पनि सेजमा उद्योग लगाउन सकेनौँ । सेजमा उद्योग खोल्न नयाँ मेसिन राख्नुपर्ने भन्ने कानुन छ । पुरानो मेसिनलाई सेजमा लैजान कठिन भयो । हामीले भैरहवामै बाहिर जग्गा किनेर फ्याक्ट्री लगाउँदै छौँ ।

निर्यातमूलक उद्योगलाई प्रवद्र्धन गर्ने उद्देश्यले भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आयो । तर, हामीले दुई वर्ष मिहिनेत गर्दा पनि सेजमा उद्योग लगाउन सकेनौँ । सेजमा उद्योग खोल्न नयाँ मेसिन राख्नुपर्ने भन्ने कानुन छ । पुरानो मेसिनलाई सेजमा लैजान कठिन भयो । हामीले भैरहवामै बाहिर जग्गा किनेर फ्याक्ट्री लगाउँदै छौँ । हामीलाई सेजमा उद्योग खोल्न दिनुपथ्र्यो । निर्यातमूलक उद्योगलाई सहजीकरण गर्नुपर्नेमा उद्योग नै खोल्न नसक्ने अवस्था सिर्जना गरिदिन्छ । राज्यले निर्यातजन्य उद्योग स्थापनका लागि सस्तोमा जग्गा उपलब्ध गराउनुपर्छ । सहुलियत ब्याजदरमा ऋण सुविधा दिन सकिन्छ । निर्यातमा रिफाइनान्सिङको ६ महिनाको अवधिलाई बढाइदिनुपर्छ । निर्यातमा नगद अनुदान बढाइदिएर प्रोत्साहित गर्नुपर्छ ।

सरकारले विदेशमा हुने ठूला प्रर्दशनीहरूमा नेपाली ब्रान्डलाई सहभागी गराउन आवश्यक सहयोग र पहल गर्नुपर्छ । विदेशबाट चोरीपैठारी भएर आउने वस्तुलाई निरुत्साहित गर्दै स्वदेशी उद्योगलाई संरक्षण गर्नुपर्छ । सरकारी सेवाका कार्यरत सबैलाई नेपाली जुत्ता लगाउन अनिवार्य व्यवस्था गर्नुपर्छ । सरकारले विदेशी वस्तुभन्दा १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु प्रयोग गर्ने नीति लिएको छ । उक्त नीति प्रभावकारी कार्यान्वयन भए मात्र पनि स्वदेशी उद्योग फस्टाउन सहयोग पुग्थ्यो । अहिले मुलुकभर १५ सय जुत्ता–चप्पल उद्योग खुलिसकेका छन् जहाँ अर्बौं लगानी भइसकेको छ । यी उद्योगलाई सर्भाइभ गराउन पनि विदेशमा जस्तै संरक्षण गरिनुपर्छ । हामीले भैरहवामा उत्पादन गर्ने सबै जुत्ता–चप्पल निर्यात गर्ने उद्देश्य राखेका छौँ । भारतीय बजारलाई लक्षित गरेर भैरहवामा उद्योग राख्न कस्सिएका हौँ ।

विदेशी मुलुकमा नेपाली ब्रान्ड उपभोग गर्ने मुख्य ग्राहक नेपाली नै हुन् । नेपाली डायस्पोरा भएको मुलुकमा गोल्डस्टार पुगेको छ । तर, विदेशमा नेपाली डायस्पोराले मात्र लगाएर निर्यातको भोल्युम बढाउन सकिँदैन । हामीले गोल्डस्टारलाई विश्वव्यापी बनाउन खोजेका हौँ । अस्ट्रेलियामा आउटलेट खोलेको २ वर्ष भइसक्यो । त्यहाँ अस्ट्रेलियन पनि आएर जुत्ता किनेर लैजान्छन् । अस्ट्रेलियाको मेलबर्नलगायत सिटीमा पनि आउटलेट खोल्ने योजना छ । अरू मुलुकमा पनि बिस्तारै आउटलेट खोलेर गोल्डस्टार पुर्‍याउँछौँ । यो वर्ष कोभिडले गर्दा पूरै योजना रोकियो । अहिलेसम्म गोल्डस्टार अस्ट्रेलिया, बहराइन, मलेसिया, भुटानलगायत मुलुकमा गइरहेको छ । कोभिडपछि हामी अझै फैलिने सोचमा छौँ । राज्यले नीतिमा सुधार गरेर सहजीकरण गरिदिएमा हामीलाई विदेशमा फैलिन पनि सहज हुन्थ्यो ।
 
यसरी खुम्चियो भारतमा गोल्डस्टारको बजार
कुनै समय गोल्डस्टार ८० प्रतिशत विदेश निर्यात हुन्थ्यो । अहिले नेपाल र भारतमा ५०/५० प्रतिशत हाराहारी खपत हुन्छ । पछिल्ला वर्षहरूमा भारतीय बजारमा धेरै समस्या निम्तिँदा गोल्डस्टार निर्यात घट्न थालेको हो । ०७२ वैशाखमा विनाशकारी भूकम्प गयो । भूकम्पले जुत्ता उत्पादन तथा निर्यातमा समस्या पैदा भयो । त्यसलगत्तै भारतले नेपालमा आघोषित नाकाबन्दी गर्‍यो । नाकाहरू ठप्प भएपछि भारतमा जुत्ता निर्यात गर्न सकिएन । नाकाबन्दी खुल्नेबित्तिकै भारतमा नोटबन्दी भयो । भारतले जिएसटी लागू गर्‍यो । सस्तो जुत्तामा दुई/चार रुपैयाँ मात्र बढ्यो भने भारतीयहरू किन्दैनन् । त्यहाँका जनता मूल्यप्रति निकै संवेदनशील छन् ।

गोल्डस्टारले भारतका ठूला ब्रान्डहरूलाई धक्का दिन थालिसकेको थियो । हरेक वर्षजसो अवरोध भइरहँदा नेपालबाट गोल्डस्टार निर्यात गर्न नसक्दा भारतीय बजारमा नक्कली गोल्डस्टार जुत्ता उत्पादन हुन थाल्यो । हामीले भारतीय बजार सुरक्षित गर्न ब्रान्ड, प्याटेन्ट र डिजाइन रजिस्ट्रार गर्‍यौँ । हाम्रो जुत्ता कपी भएपछि प्रहरी प्रशासनदेखि हाईकोर्टसम्म मुद्दा हाल्यौँ । अझै पनि लुकिछिपी गोल्डस्टार जुत्ता बनाउने व्यवसायी धैरै छन् । इन्डियामा ४/५ वर्षसम्म नर्यातमा अवरोध भइरहँदा हामीजस्ता जुत्ता बनाउने सयौँ कम्पनी जन्मिए । हामीले वर्षौँ मिहिनेत गरेर बनाएको मार्केट अर्कैले खोसिदिए । तर, नेपालमा गोल्डस्टारको मार्केट राम्रै बढिरहेको छ ।

प्रविधि र गुणस्तरमा सुधार
जुत्ता–चप्पल उद्योगमा पनि आधुनिक प्रविधि भित्रिसकेको छ । त्यसैले पनि नेपाली जुत्ता–चप्पलले आयातीत जुत्ता–चप्पलसँग प्रतिस्पर्धा गर्न सम्भव भयो । अहिले नेपाली जुत्ता कुनै पनि हिसाबले विदेशीभन्दा कम छैनन् । गोल्डस्टारले अहिले जी टेन नामक नयाँ जुत्ता बनाइरहेको छ, त्यो जुत्ताले अन्तर्राष्ट्रिय रूपमै प्रतिस्पर्धा गर्न सक्छ । जुत्ता चाँडचाँडै परिवर्तन भइरहने फेसन हो । गोल्डस्टारको क्लासिक जुत्ता सदावहार भइहाल्यो । अहिले जी टेन फेसेनेबल युवाहरूलाई लक्षित गरेर ल्याएका हौँ । स्टाइलिस पनि छ । हामी आफैँ डिजाइन गर्छौँ । हामीले इटालियन मेसिन प्रयोग गरिरहेका छौँ । हाम्रो फयाक्ट्रीबाट नाइक र रिबककै क्वालिटीको पनि जुत्ता उत्पादन गर्न सक्छ । तर, नेपाली जुत्तालाई उपभोक्ताले धेरै मूल्य तिर्न तयार हुँदैनन् । विदेशमा लेडिज–जेन्स दुवै जान्छ । महिला, बच्चा, युवा, वृद्धवृद्धा, स्कुल÷कलेज, आर्मीलगायतका जुत्ताचप्पल यहीँ उत्पादन हुन्छ । गुणस्तरमा कुनै सम्झौता हुँदैन । महिलाले कुर्ता र साडीमा लगाउने स्यान्डल र पाइन्टमा लगाउने जुत्ताहरू उत्पादन गर्छौँ ।