
नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता आइएमएस मोटर्सले नयाँ वर्ष २०७८ सालको अवसर पारेर ‘स्याङयोङ नव वर्ष अफर’ ल्याएको छ । कम्पनीले नगद छुट तथा एक्सचेन्ज बोनससहितको योजना ल्याएको हो ।
योजनाअनुसार ग्राहकले रेक्स्टन, टिभोली अटोमेटिक ट्रान्समिसन र टिभोली म्यानुअल ट्रान्समिसनमा ५ लाख रुपैयाँसम्म क्यास डिस्काउन्ट दिने जनाएको छ । त्यस्तै, २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यसबाहेक १ वर्ष निःशुल्क बिमा, ७ वर्ष सजिलो फाइनान्स, ३ वर्ष वारेन्टी, ३ वर्ष निःशुल्क सर्भिसिङ तथा ११ हजार रुपैयाँसम्मको निःशुल्क एसेसरिज प्रदान गर्ने जनाइएको छ । यो अफर वैशाख ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।