१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ६ सोमबार १७:२९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

त्रिदेशीय क्रिकेटमा नेपालको लगातार दोस्रो जित, मलेसिया नाै विकेटले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ६ सोमबार १७:२९:००

त्रिदेशीय क्रिकेट प्रतियोगितामा घरेलु टोली नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललले मलेसियालाई नाै विकेटले हराएको हो ।  यसअघि नेदरल्यान्ड्सलाई पनि नेपालले नाै विकेटले नै पराजित गरेको थियो ।

मलेसियाले दिएको एक सय १० रनको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको सतकीय साझेदारी गरे । कुशलले अविजित ६१ र आसिफले ४२ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे । 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर एक सय नाै रन जोडेको थियो । खराब सुरुवात गरेको मलेसियाले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको थियो । 

दुवै खेलमा जित निकालेको नेपालको चार अंक भएको छ । एक खेलमा जित र एक खेलमा हार व्यहोरेको नेदरल्यान्ड्सको दुई अंक छ । दुवै खेलमा पराजय व्यहोरेको मलेसिया भने अंकविहीन छ ।