१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ६ सोमबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ बैशाख ६ सोमबार o८:२९:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

प्रतिरोधी क्षमता कमजोर भए भ्याक्सिनले एन्टिबडी उत्पादन गर्दैन : अध्ययन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ बैशाख ६ सोमबार o८:२९:oo

प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिमा कोभिडविरुद्धको भ्याक्सिनले एन्टिबडी उत्पादन गर्न नसक्ने अध्ययनले देखाएको छ । अध्ययनका क्रममा अटोइम्युन रोग र अन्य गम्भीर प्रकृतिका रोगका कारण शरीरमा प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरूमा भ्याक्सिनले एन्टिबडी उत्पादन गर्न नसकेको फेला परेको छ । 

अध्ययनअनुसार इम्युनोकोप्रोमाइज्ड अर्थात् इम्युनसम्बन्धी समस्या भएका केही प्रतिशतमा एकदमै कम मात्रामा भ्याक्सिनको प्रभाव परे पनि भाइरसविरुद्ध लड्न सक्ने क्षमता भने बलियो हुँदैन भने कतिपयमा एन्टिबडी नै उत्पादन हुँदैन ।जसले गर्दा शरीरले भाइरसविरुद्ध लड्न नसक्ने हुँदा छिटो संक्रमित हुने र लामो समयसम्म बिरामी परिरहने हुन्छन् । 

यस्ता व्यक्तिमा मृत्युदर ५५ प्रतिशतभन्दा बढी देखिएको छ । मोनोक्लोनल एन्टिबडी (संक्रमणपछि विकास भएको एन्टिबडी)माथि अनुसन्धान गरिरहेको अमेरिकाको रेगेनरोन नामक संस्थाले प्रकाशित गरेको सर्वेक्षणअनुसार लामो समयदेखि औषधि प्रयोग गरिरहेकाहरूमा प्रतिरोधी क्षमता निकै कम हुने गरेको छ । यसकारण प्रतिरोधी क्षमता न्यून भएका व्यक्तिले भिडभाडबाट टाढा बस्नु नै संक्रमणबाट बच्ने उपयुक्त उपाय भएको विज्ञहरूको सुझाब छ ।

यसबाहेक कोभिड संक्रमण भइसकेकाहरूमा प्राप्त मोनोकोनल एन्टिबडीको नियमित इन्फ्युजन पनि प्राप्त गर्न सकिन्छ । अध्ययनअनुसार न्यून प्रतिरोधी क्षमता भएका ८१ प्रतिशतमा मोनोक्लोनल एन्टिबडीले संक्रमणविरुद्ध लड्न सक्ने जनाएको छ । तर, हालसम्म कस्तो प्रतिरोधी क्षमता भएका व्यक्तिले संक्रमणविरुद्ध लड्न सक्छन् वा सक्दैनन् भन्ने कुनै तथ्य छैन । सामान्यतया बी–कोषमा हानी पु¥याउने समस्या जस्तै क्यान्सर, अंग प्रत्यारोपण गरिएका व्यक्ति र अटोइम्युन समस्या भएका व्यक्तिमा भ्याक्सिनले एन्टिबडी पर्याप्त रूपमा उत्पादन गर्न नसक्ने अध्ययनले देखाएको छ ।
 एजेन्सीको सहयोगमा