१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
रमेश रावल वीरेन्द्रनगर
२o८१ बैशाख २५ मंगलबार १६:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

 कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीलाई कांग्रेसको समर्थन

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:४६:oo

कर्णाली प्रदेशमा नेपाली कांग्रेसले  मुख्यमन्त्री शाहीलाई समर्थन गर्ने जनाउ दिएको छ । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले सत्ताको लोपमा लाग्ने आरोप लाग्ने भएका कारणले सानो दललाई समर्थन गर्ने जनाएका हुन् । 

उनले संसदमा बोल्दै अहिले एमालेसँग सभामुखबाहेकका १९ जना सांसद प्रदेश सभामा पनि कांग्रेसले कमजोर शक्तिको पक्षमा लाग्ने निर्णय लिएको बताए । ‘कांग्रेसले कमजोर शक्तिलाई माथि उठाउने निर्णय लिएको छ,’ उनले भने, ‘त्यसका लागि हामीले कमजोर शक्तिका पछि लाग्ने निर्णय गरेका छाैँ ।’

कन्यादान, रक्तदान र मतदानमा पैसा खान नमिल्ने बताउँदै शाहीले आफूहरूले कमजोर शक्तिका पछि लाग्ने जानकारी दिए ।

ad
ad