१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ३ शुक्रबार
  • Thursday, 03 July, 2025
ली क्विङक्विङ
२o७८ बैशाख ३ शुक्रबार o९:२८:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आणविक प्रदूषणमा पश्चिमी मिडियाको मौनता

Read Time : > 2 मिनेट
ली क्विङक्विङ
नयाँ पत्रिका
२o७८ बैशाख ३ शुक्रबार o९:२८:oo

जापानले आफ्नो निर्णयलाई रोकेन भने प्रशान्त महासागर फोहोर फाल्ने ठाउँमा बदलिनेछ, त्यसैले मिडियाले यसमा निगरानी गर्नुपर्छ 

समाचारमा आएअनुसार जापान सरकार फुकुसिमा आणविक ऊर्जा संयन्त्रको प्रदूषित पानीलाई प्रशान्त महासागरमा फाल्न ‘तयार छ’ । यस अति गैरजिम्मेवार कदमलाई जापानका छिमेकी मुलुकहरू चीनलगायतले कडा शब्दमा आलोचना गरेका छन् । तथापि अधिकांश पश्चिमी मिडिया संस्था जापानको निर्णयमा मौन साधेर बसेका छन् । जब कि जापानले यो निर्णय कार्यान्वयन ग¥यो भने लाखौँ मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्नेछ । कैयौँ पश्चिमी एलिटहरूका लागि पर्यावरणीय सवाल पनि वैचारिक रूपमा पक्षपाती रहेको भान पर्न थालेको छ । किनकि पश्चिमले आफ्ना प्रतिस्पर्धी मुलुकमाथि दबाब सिर्जना गर्नका लागि वातावरणीय सुरक्षाको मुद्दा जोडतोडका साथ उठाउने गर्छ । 

आणविक विकिरणयुक्त पानी प्रशान्त महासागरमा फाल्दा समग्र मानवजातिमाथि हानि हुनेछ । साथमा विश्वको जीविकोपार्जनको आधार रहेको पर्यावरणीय वातावरणमा पनि असर पर्ने निश्चित छ । ‘यो कदमको मानव समुदाय तथा वातावरणमाथि दीर्घकालीन असर पर्नेछ । असर स्थानीय क्षेत्रमा मात्र नभएर सुदूर भूभागमा पनि पर्नेछ,’ पर्यावरणीय अधिकारको वकालत गर्ने संगठन ग्रिनपिसको रिपोर्टमा उल्लेख गरिएको छ । 

चीन र दक्षिण कोरियासमेत जापानका छिमेकी मुलुक आणविक प्रदूषणबाट सबैभन्दा पहिले प्रभावित हुनेछन् । यस मामिलामा पश्चिमी मुलुक पनि अछुतो रहनेछैनन् । विश्वका सबै महासागरहरू एकआपसमा जोडिएकाले ढिलोचाँडो जापानले फालेको आणविक विकिरणयुक्त पानीबाट थप मुलुकलाई हानि पुग्नेछ । तर, हालसम्म जापानको यो कदमलाई पश्चिमी मुलुक र अन्तर्राष्ट्रिय बहसलाई प्रभावित बनाउने क्षमता भएका पश्चिमी मिडियाले गम्भीरताका साथ आलोचना गरेका छैनन् । विगतको चेर्नोविल आणविक दुर्घटनाको समयमा पश्चिमी शैली बिल्कुल फरक देखिएको थियो ।

विश्वका सबै महासागर एक–आपसमा जोडिएकाले ढिलोचाँडो जापानले फालेको आणविक विकिरणयुक्त पानीबाट धेरै मुलुकलाई हानि पुग्नेछ, तर यसको पश्चिमी मिडियाले गम्भीरताका साथ आलोचना गरेका छैनन्

चेर्नोविल आणविक दुर्घटनापछि सोभियत संघलाई पश्चिमी मिडियाले व्यापक लखेटेका थिए ।  पश्चिमले त्यस दुर्घटनालाई सोभियत संघविरोधी भावना वृद्धि गर्न प्रयोग गर्न सफल भयो । आज, जापानको आणविक संयन्त्रबाट निस्किएको प्रदूषित पानी हजारौँ वर्षसम्म घातक रहन सक्छ । ग्रिनपिसका अनुसार यसले मानिसको डिएनएसमेत परिवर्तन गर्न सक्छ । तर पनि पश्चिमी मिडिया मौन छ । आखिर यस्तो किन हुँदै छ ? पश्चिमी राष्ट्रको विचारमा जापान अमेरिकाको महत्वपूर्ण एसियाली मित्रशक्ति हो । ‘जापानको राजनीतिक तथा आर्थिक प्रणाली पश्चिमी प्रणालीअनुरूप छ । त्यसैले जापानको कदमको पश्चिममा सकारात्मक छाप पर्ने गर्छ,’ चाइना फरेन अफेर्स युनिभर्सिटीका प्राध्यापक झाउ योङसेङको विचार छ ।  

पश्चिमी एलिटहरू सधैँ उच्च पर्यावरणीय सुरक्षा मापदण्डको पक्षमा रहेको दाबी गर्ने गर्छन् । उनीहरू चीनको आलोचना गर्नका लागि पर्यावरणीय मुद्दा पनि उठाउने गर्छन् । चीनको विरोधमा पश्चिमले उठाउने केही मुद्दा अचम्मका हुने गर्छन् । जस्तो– टाइम म्यागजिनले जनवरीमा छापेको एक लेखको शीर्षक थियो– ‘चीनले मासु घटाएर कसरी विश्व बदल्न सक्छ ?’ । यसमा चीनको मासु खपतलाई लक्षित गर्दै चीनलाई पर्यावरण विध्वंस गर्ने शक्ति देखाउने प्रयास भएको छ । तथापि पश्चिमी मिडियाले विश्वव्यापी उष्णता वृद्धिमा अमेरिकाको ‘पुर्‍याउने भूमिका’लाई बेवास्ता गर्ने गर्छ । मासु उपभोगको तुलनामा जापानले प्रशान्त महासागरमा फाल्ने आणविक रूपमा प्रदूषित पानीले मानव स्वास्थ्यलाई बढी जोखिममा पार्नेछ । तर, पश्चिमी मिडियाले तिनको आवाज गुमाएका छन् । ‘पश्चिमी राष्ट्रले सामान्यतया जापानको पक्ष लिने गर्छन् र उनीहरू जापानको गलत कामको समेत आलोचना गर्न हिचकिचाउने गर्छन् । यो निष्पक्ष शैली होइन,’ प्रध्यापक झाउले भने । 

जापानले आफ्नो निर्णयलाई रोकेन भने प्रशान्त महासागर जापानी फोहोर फाल्ने ठाउँमा बदलिनेछ । उपयुक्त संगठन र मिडियाले जापानको यस कदममाथि निगरानी राख्नुपथ्र्यो । र, तिनले जापानलाई आणविक फोहोरमा के भइरहेको छ भनेर नियमित प्रश्न गर्नुपर्थ्यो । यसरी हासिल भएको जानकारी सार्वजनिक गरेर बृहत्तर विश्वव्यापी सर्वसम्मति निर्माण गर्नुपर्छ । हुन त जापानले प्रदूषित पानीलाई महासागरमा फाल्नुअघि अन्तर्राष्ट्रिय मापदण्डअनुरूप उल्लेख्य घोल मिसाउने बताएको छ । तर, पर्यावरणीय सुरक्षा एजेन्सीले यसमाथि पनि प्रश्न गरेका छन् । ग्रिनपिसले आफ्नो रिपोर्टमा टोक्यो इलेक्ट्रिक पावर कम्पनी र जापानी सरकारी निकायले ‘यो संकटलाई थप खराब बनाउन षड्यन्त्र गरेजस्तो देखिन्छ’ भनेको छ । 

(ली ग्लोबल टाइम्समा आबद्ध छन्)
ग्लोबल टाइम्सबाट