१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत २९ आइतबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ चैत २९ आइतबार १o:५२:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

रवीन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ चैत २९ आइतबार १o:५२:oo

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक भएको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अर्थशास्त्री स्वर्णिम वाग्लेले पुस्तक लोकार्पण गरेका हुन् । 

कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले पुस्तकले उठाएको कल्याणकारी लोकतन्त्रको अवधारणा नेपालजस्ता मुलुकका लागि उपयोगी रहेको बताए । साथै, लोकतन्त्र प्राप्तिका लागि संघर्ष एवं योगदान गरेकाहरूले दिगो नेतृत्व गरेर नेपाललाई समृद्धिको बाटोमा अघि लैजान सकिने उनको भनाइ छ ।

‘नेपालको विकास गर्न एक–दुई विद्वान्ले यसो गरौँ र उसो गरौँ भनेर दिएको सुझाबभन्दा पनि वास्तविक धरातल बुझेर, यहाँका मानिसलाई सहभागी गराएर, लोकतन्त्रदेखि गणतन्त्रसम्मको आन्दोलनमा सहभागी सबै वर्ग, क्षेत्र अनि जातजातिको सहभागिता आवश्यक छ,’ उनले भने, ‘यसो हुन सक्यो भने मात्र देशको सर्वाङ्गीण विकास हुन सक्छ ।’

यस्तै, मिश्रको पुस्तक नेपालको दूरदृष्टिपूर्ण रूपान्तरण तथा राजनीतिक नेतृत्वमा चासो हुने सबैले पढ्नैपर्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थशास्त्री डा. वाग्लेले बताए । ‘नेपालका लागि उदार कल्याणकारी राज्य, गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ–राजनीतिक दस्तावेज पनि हो, यो पुस्तक,’ उनले भने । यसले समाजलाई समृद्धिको बाटोमा अघि बढ्न मार्गनिर्देश गर्ने उनको भनाइ छ । 

लेखक मिश्रले नेपालमा राजनीति गर्ने धेरै रहे पनि राजकाजका सन्दर्भमा सबै चुकेको धारणा राखे । नेताहरूमा दूरदृष्टि र विकास चेत नभएसम्म यहाँको विकास नहुने उनले बताए ।