मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ चैत २५ बुधबार
  • Tuesday, 15 July, 2025
निरञ्जन मैनाली
२o७७ चैत २५ बुधबार १o:५३:oo
Read Time : < 1 मिनेट
ब्लग डिजिटल संस्करण

कारबाही गरियोस्

Read Time : < 1 मिनेट
निरञ्जन मैनाली
नयाँ पत्रिका
२o७७ चैत २५ बुधबार १o:५३:oo

चैत २४ गतेको नयाँ पत्रिकामा वृद्ध आमाको बेवास्ता गर्ने सन्तानलाई पक्राउ गरिएको समाचार प्रकाशित भएको थियो । समाचार एउटा कोणबाट जति सकारात्मक पहल लाग्छ त्यति नै अर्को कोणबाट नकारात्मक मनोवृत्तिको उपज लाग्छ ।

आफ्नी आमाको सम्पत्ति कुम्ल्याउन अनेकौँ छलकपट गर्ने, तर उनको हेरचाह र स्याहार–सुसारमा ध्यान नदिने छोरीको मनोविज्ञान समाजका लागि त्यति नै घातक छ । यसमा प्रहरीले देखाएको सक्रियता र पहलको नयाँ सुरुवातलाई सकारात्मक कडीका रूपमा लिनैपर्छ ।

सरकारले वृद्धवृद्धाको स्याहार–सुसारका लागि नयाँ कानुन नै बनाएको भए पनि त्यसलाई लागू गर्न केही अप्ठ्यारा अवश्य पनि थिए, तर राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेर यसमा सरकारले बेवास्ता नगर्ने सन्देश दिनु आफैँमा राम्रो सुरुवात हो ।

सुष्मा पक्राउ पर्नु जति सकारात्मक पक्ष हो त्यति नै उनले आफ्नी आमाप्रति देखाएको गैरजिम्मेवारीपन आलोचनायोग्य पक्ष हो । राष्ट्र बैंककी निर्देशक रहेकी उनले आफ्नी आमाप्रति देखाएको निष्ठुरभावले हाम्रो समाजको नयाँ परिघटनालाई उजागर मात्रै गरिदिएको हो । ज्येष्ठ नागरिकलाई सम्मानका साथ उनीहरूको जीवनयापनमा कुनै अप्ठ्यारो आइनपरोस् भनेर सचेत हुनुपर्ने निकाय भनेको राज्य पनि हो । त्यसैले यस विषयमा राज्य सधैँ चनाखो र सचेत भइरहनुपर्छ । आगामी दिनमा यस्ता घटना फेरि नदोहोरिएलान् भन्न सकिन्न, तर सुष्माको पक्राउ प्रकरणले समाजलाई वेलैमा सचेत हुन भने शिक्षा दिन्छ ।