मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ चैत २५ बुधबार
  • Wednesday, 09 July, 2025
रासस कञ्चनपुर
२o७७ चैत २५ बुधबार o९:४३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

महाकाली अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु    

Read Time : < 1 मिनेट
रासस कञ्चनपुर
नयाँ पत्रिका कञ्चनपुर
२o७७ चैत २५ बुधबार o९:४३:oo

महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका– १५ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते नेपाल फर्केका उनमा कोरोना संक्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।  

उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिए । ‘भर्खरै कोरोना संक्रमितको मृत्यु भएकोबारे खबर पाएको छु,’ उनले भने, ‘अस्पताल जाँदै छु । त्यसपछि विस्तृत विवरण उपलब्ध गराउँछु ।’  

मृत्यु भएका कोरोना संक्रमितको आज दिउँसो शव व्यवस्थापन गरिने बताइएको छ । कोरोनाको दोस्रो संक्रमणको लहर सुरु भएपछि कञ्चनपुरमा उनको पहिलो मृत्यु भएको छ । यसअघि कञ्चनपुरमा कोरोना संक्रमणका कारण १४ जनाले ज्यान गुमाइसकेका छन् ।

हालसम्म कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट एक हजार नाै सय ८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ । तीमध्ये १२ जना महाकाली अस्पतालको आइसोलेसनमा रहेका छन् । मंगलबारमात्रै भीमदत्त नगरपालिका– २ का दुईजनामा कोरोना संक्रमण देखिएको छ ।