१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २१ शनिबार १८:५८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा एक सय २८ मा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २१ शनिबार १८:५८:००

देशभर पछिल्लो २४ घन्टामा थप १२८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार सात २७ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ७७ हजार सात ६८ पुगेको छ । पछिल्लो २४ घन्टामा कारोनाका कारण एकजनाको मृत्यु भएको छ ।  

पछिल्लो २४ घन्टामा उपचारपछि निको भएर घर फर्किनेको संख्याएक सय ६१ जना छन् । योसँगै उपचारपछि निको हुनेको संख्या दुई लाख ७३ हजार एक सय २३ पुगेको छ । नेपालमा निको हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या एक हजार ६ सय १३ रहेका छन् । उनीहरूमध्ये ५९ जना क्वारेन्टिनमा छन् । अन्य आइसोलेसनमा छन् । हालसम्म नेपालमा २२ लाख ८१ हजार आठ सय ३२ को पिसिआर परीक्षण भएको छ । त्यस्तै, तीन हजार ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।