१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १३:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

घनश्याम भुसाल र सुरेन्द्र पाण्डे एमालेबाट निलम्बन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:५५:oo

नेकपा एमाले अध्यक्ष केपी ओलीले उपमहासचिव घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन् । भुसाल र पाण्डेले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

पार्टीमा समानान्तर गतिविधि गरेको र अनुशासनहीन काम गरेकाे आरोपसहित गत ८ चैतमा ओलीले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य पाण्डेलाई स्पष्टीकरणपत्र पठाएका थिए । नेपाल र रावलले तोकिएको समयमा नै जवाफसहित प्रतिस्पष्टीकरण पठाएका थिए भने भुसाल र पाण्डेले जवाफ पठाएका थिएनन् ।

ओलीले नेपाल र रावललाई निलम्बन गरेको पत्र पठाउँदा १६ चैतमा भुसाल र पाण्डेलाई ताकेता गरेका थिए । त्यसको जवाफ उनीहरूले १७ चैतमा  दिएका थिए । उक्त जवाफ चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको  ठहर गर्दै ओलीले आज निलम्बन गरेका हुन् ।

निलम्बनपत्रमा अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारबाही हुन सक्ने ओलीले चेतावनी दिएका छन् । नेपाल र रावललाई लेखेकै भाषामा भुसाल र पाण्डेलाई ओलीले निलम्बन गरेको पत्र काटेका हुन् ।

ad
ad