१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १७ मंगलबार ०९:४७:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अल्कोहलको लत लागेको  कसरी थाहा पाउने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १७ मंगलबार ०९:४७:००

पार्टी, सभा समारोह, साथीभाइसँगको भेटघाटनमा रमाइलो गर्न अल्कोहल सेवन गर्ने धेरै छन् । अल्कोहल प्रयोगलाई रमाइलोका रूपमा मात्रै प्रयोग गरिए पनि यसले स्वास्थ्यमा भने हानि पुर्‍यारहेको हुन्छ । कतिपय अवस्थामा थाहा नै नपाईकन यसको कुलतमा फसिरहेको हुन्छ । तपाईं अल्कोहलको लतमा फसे नफसकेको दैनिक व्यवहारबाट पनि पहिचान गर्न सकिन्छ । 

विकेन्डमा अल्कोहलको प्रयोग 
साताको एक दिन मात्रै अल्कोहल प्रयोग गर्दा लत नलाग्ने धेरैमा भ्रम छ । तर, रक्सीको दैनिक प्रयोग मात्रै कुलत होइन । यदि प्रत्येक साता बिदाको अवसरमा अल्कोहल प्रयोगमा ल्याइन्छ भने त्यो पनि लत नै हो । यस्तो लत कम गर्न अल्कोहलयुक्त पार्टीको सट्टा फिल्म हेर्न जाने, आफन्त वा परिवारसँग बसेर खाना खाने, कसैलाई भेटेर कफी खानेजस्ता क्रियाकलाप गर्न सकिन्छ । 

आवश्यकता बढ्दै जानु
अल्कोहल प्रयोग गर्दै जाँदा बिस्तारै सुरुवातीमा भन्दा यसको मात्रा बढी लिने बानी पर्छ । यसको अर्थ शरीर बढी रक्सी पिउन अनुकूल हुँदै गइरहेको छ । अर्थात् नशाले शरीरका अंगहरूमा अल्कोहलको प्रभाव पर्न सुरु भइसकेको छ । बिस्तारै शरीरमा रक्सीले छाड्दै गएपछि फेरि तलतल लाग्ने हुन्छ । जुन राम्रो लक्षण होइन । 

अनिद्रा
अनिद्राको मुख्य कारणमध्ये अल्कोहल प्रयोग पनि एक हो । थोरै मात्र भए पनि रक्सी प्रयोग गरेपछि मात्रै निद्रा पर्छ भने त्यसले शरीरलाई पूर्ण आराम दिँदैन । गहिरो निद्राले शरीरलाई रिचार्ज गर्ने गर्छ, जुन अल्कोहलपछिको निद्राबाट प्राप्त हुँदैन । 

ब्ल्याक आउट
बाहिर पार्टी वा भोजभतेरमा गएर रक्सी सेवन गरिसकेपछि त्यहाँ के भएको थियो भन्ने याद नहुनु अल्कोहलको नराम्रो असर हो । यो अवस्था भनेको रक्सीले स्मरण क्षमतामा असर पुर्‍याउनु हो । रक्सीको मात्रा बढी भएर शरीर र दिमागमा एकैचोटि असर पार्ने हुँदा ब्याल्याकआउट हुने गर्छ, जसले गर्दा व्यक्तिलाई स्मरण रहँदैन । 

कर्तव्यविमुख बन्दै जानु 
दैनिक क्रियाकलापभन्दा रक्सी पिउनमा बढी ध्यान जानुले रक्सीको लत लागेको जनाउँछ । अल्कोहलको अत्यधिक प्रयोगले ह्याङओभर रहने हुँदा दैनिक क्रियाकलाप प्रभावित भइरहेको हुन्छ । जसले तनाव उत्पन्न हुने र फेरि अल्कोहल सेवन गर्न मन लाग्ने हुन्छ । जुन कुलतमा परिणत हुँदै जान्छ । 

रक्सीले तनाव घट्छ भन्ने भ्रम 
लामो समयसम्म रक्सी सेवानपछि धेरै मानिसमा रक्सी पिएर मात्रै तनाव कम हुन्छ भन्ने भ्रम पर्न थाल्छ । तर, यसले बिस्तारै अत्यधिक रक्सी पिउने बानी पर्छ । कुलतकै कारण दैनिक काम प्रभावित हुन थाल्छन्, बिस्तारै एन्जाइटी र डिप्रेसनको समस्या बढ्दै जान्छ । 

अर्काको नजरमा पर्नु 
रक्सीले शरीरमा प्रभाव पार्न थालेपछि शारीरिक र मानसिक रूपमा कमजोर महसुस हुन थाल्छ । दैनिक क्रियाकलापमा सहज नभइने हुँदा अर्को व्यक्तिले नोटिस गर्ने गर्छ । बिरामी देखिने, काममा ध्यान केन्द्रित गर्नै नसक्ने, एन्जाइटीको समस्या देखिने, आफन्त र साथीभाइबाट टाढा बस्न मन लाग्नेजस्ता समस्या देखिन सक्छन् । तसर्थ कहिलेकाहीँ गरिने अल्कोहलको प्रयोग पनि रक्सीको कुलत बन्न सक्छ । 

एजेन्सीको सहयोगमा