१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १o:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आन्तरिक उडान–अवतरणमा समस्या हेलिकोप्टर उडान चार दिनदेखि ठप्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:३५:oo

शुक्रबारदेखि काठमाडौं उपत्यकामा प्रदूषणको तह बढेपछि काठमाडौं विमानस्थलमा उडान–अवतरणमा समस्या आएको छ । गत शुक्रबार दिउँसोदेखि प्रभावित भएको आन्तरिक उडान अझै पूर्ण रूपमा हुन सकेको छैन । अन्तर्राष्ट्रिय उडानतर्फ खासै प्रभाव नपरे पनि आन्तरिक उडानमा भने गम्भीर समस्या पारेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आन्तरिक उडानमा शनिबार र आइतबार २० प्रतिशतले कमी आएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल काठमाडौं उपत्यकाभित्र विमानस्थल हुँदा समस्या आएको बताउँछन् । ‘काठमाडौंको विकल्पका रूपमा निजगढजस्ता स्थानमा विमानस्थल नबनाउने हो भने यस्ता समस्या आइरहनेछन्,’ पोखरेलले भने । शुक्रबारदेखि सबै उडानमा समस्या आइरहेको पोखरेलले जानकारी दिए । 

विमानस्थलका अनुसार शुक्रबार आन्तरिकतर्फ २ सय ४६ वटा उडान तथा अवतरण भएका थिए । तर, शनिबार १ सय २३ र आइतबार १ सय ३८ वटा मात्रै उडान तथा अवतरण भएका छन् । सोमबार १ सय मात्रै उडान–अवतरण भएका छन् । सामान्य अवस्थामा बढीमा २ सय ९४ वटासम्म उडान–अवतरण भएका थिए ।  मार्च २२ सम्म आन्तरिकतर्फ २ सय ९४ वटा उडान तथा अवतरण भइरहेका थिए । तर, २८ मार्चमा जम्मा १ सय ३८ वटा मात्रै उडान तथा अवतरण भएका छन् । 

काठमाडौंको आकाशको भिजिबिलिटी कमजोर हुँदा सबै हेलिकोप्टर ग्राउन्डेड बनेका छन् । हेलिकोप्टर पाइलटका नांगो आँखाले देखेका भरमा उडाउनुपर्ने भएकाले सबै उडान प्रभावित भएको हो । सोही कारण उपकरणका माध्यमबाट उडान–अवतरण गर्न सक्ने जहाजले मात्र कम भिजिबिलिटीमा पनि उडान गर्न सकेका छन् । अहिले आकस्मिक अवस्थामा पनि काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट हेलिकोप्टर उड्न सक्दैनन् । यस्तो अवस्थामा नेपाली सेनाको हेलिकोप्टर उडाउने गरिन्छ । 

ad
ad