मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ चैत ३१ मंगलबार
  • Tuesday, 13 April, 2021
२०७७ चैत १६ सोमबार ०९:०६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दिसामा रगत देखिनु पायल्स मात्रै नहुन सक्छ

डाक्टरको सल्लाह

Read Time : < 1 मिनेट
२०७७ चैत १६ सोमबार ०९:०६:००

अव्यवस्थित जीवनशैली र अस्वस्थ खानपानका कारण ग्यास्ट्राइटिस र पायल्सजस्ता स्वास्थ्य समस्या सामान्य बन्दै गएका छन् । फास्टफुड र ड्राइफुडको अत्यधिक प्रयोगले यस्ता समस्या सबै उमेरसमूहमा देखिन थालेको छ । साथै अत्यधिक चिल्लो, गुलियो, पिरो र प्रशोधित खानाले पनि पायल्सलगायतका स्वास्थ्य समस्या निम्त्याइरहेको छ । 

दिसामा रगत देखिने समस्या लिएर अस्पताल पुग्ने सेवाग्राहीहरू दिनप्रतिदिन बढ्दै गएका छन् । यसरी दिसामा रगत देखिनु पायल्स मात्र नहुन सक्छ । अर्थात्, पायल्ससँगै अन्य कारणले पनि दिसामा रगत देखिन सक्छ । यस्तो समस्यालाई बेवास्ता गर्नुहुँदैन । 

विशेषगरी पायल्सको समस्या जटिल भएमा दिसामा रगत देखिन थाल्छ । तर, यसबाहेक फिस्टुला, फिसर र अल्सरेटिव कोलाइटिसका कारण पनि दिसामा रगत देखिन्छ । ठूलो आन्द्राको भित्री भाग सुन्निएर अल्सर बन्ने रोगलाई अल्सरेटिव कोलाइटिस भानिन्छ ।

अल्सरेटिव कोलाइटिसले प्रायः ११ देखि ३० वर्ष उमेर समूहका व्यक्तिलाई असर गर्छ । अल्सरेटिव कोलाइटिस हुँदा दिसामा रगत देखिनेबाहेक अरू पनि लक्षण देखिन्छन् । पातलो दिसा जाने, पेट दुख्ने र छिटोछिटो दिसा जान मन लाग्ने आदि । ठूलो आन्द्रा धेरै सुन्निएको अवस्थामा भने अत्यधिक पेट दुख्ने, खान नरुच्ने र दुब्लाउँदै जाने हुन्छ । समस्या बल्झिँदै गएमा ठूलो आन्द्राको क्यान्सरको समेत जोखिम हुन्छ । दिसामा रगत जाँदा अधिकांशले पायल्स र फिस्टुलाको आयुर्वेदिक औषधि र चेकजाँचविनै मेडिकलबाट औषधि खाने गर्छन् । यस्तो गर्दा समस्या झनै बढेर जाने गरेको पाइन्छ । स्वास्थ्य चेकजाँचविनै औषधि सेवन गर्दा ठूलो आन्द्रामा संक्रमण भई क्यान्सरसमेत हुन सक्छ । 

दिसामा रगत देखिँदा स्वास्थ्य परीक्षण गराएर मात्र औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । समस्याको कारण पत्ता लगाउन रगत परीक्षण, भिडियो एक्स–रे र सिटी स्क्यान गर्न सकिन्छ । तर अल्सरेटिव कोलाइटिस भएको थाहा पाउनका लागि कोलोनोस्कोपी र सुन्निएको भागबाट मासुको टुक्रा निकाली जाँच (बायोप्सी) गर्नुपर्ने हुन्छ ।