१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत ११ बुधबार
  • Saturday, 05 July, 2025
रासस सिन्ह्वा
२o७७ चैत ११ बुधबार १२:१२:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतमा कोरोना भाइरसबाट एकैदिन दुई सय ७५ को मृत्यु

Read Time : < 1 मिनेट
रासस सिन्ह्वा
नयाँ पत्रिका सिन्ह्वा
२o७७ चैत ११ बुधबार १२:१२:oo

भारतमा गत २४ घन्टामा कोरोना संक्रमणबाट  दुई सय ७५ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या  एक लाख ६० हजार चार सय ४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ । 

सोही अवधिमा यहाँँ ४७ हजार दुई सय ६२ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या  एक करोड १७ लाख ३४ हजार ५८ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कुल संक्रमितमध्ये तीन लाख ६८ हजार चार सय ५७ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड १२ लाख पाँच हजार एक सय ६० जना संक्रमणमुक्त भएका छन् ।
 
भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोड भन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ६४ लाख ३८ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकैदिन१० लाख २५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ  ।