Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १० मंगलबार १७:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : राजेन्द्र महतो (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १० मंगलबार १७:२०:००

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीका नेता, कार्यकर्ताको रिहाइका लागि गृहकार्य सकारात्मक रूपमा अगाडि बढेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महतोले प्रधानमन्त्री केपी ओलीसँगको भेटमा मुद्दा–मामिलाको सन्दर्भमा गृहकार्य सकारात्मक रूपमा अगाडि बढेको बताएका हुन् । 

पहिले मुद्दा–मामिलाको काम अगाडि बढे सत्तासमीकरणलगायतका विषयमा कुरा हुने उनको भनाइ छ  । नेता–कार्यकर्ताको मुद्दा फिर्ता गर्न पार्टीभित्र एकमत भएको भन्दै उनले नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरे पनि निर्णय भने पार्टीले गर्ने बताए । 

उनले भने, ‘मुद्दा–मामिलाको सन्दर्भमा गृहकार्य सकारात्मक रूपमा अगाडि बढेको छ । काम होस् भन्ने हामीले चाहेको । पहिले मुद्दा–मामिलाको विषय अगाडि बढोस् न । अनि बाँकी कुरा पनि गरौँला नि त ।’

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जसपा र एमालेबीचको सम्बन्धमा कुनै सर्त नभएको बताए । रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनसँग सम्बन्धित विषयमा कुरा भए पनि सत्ता साझेदारीको विषयमा कुरा नउठेको उनले बताए ।

उनले भने, ‘कुनै पनि सर्तबन्दी छैन हाम्रो सम्बन्धमा । उहाँहरूले कुनै पनि सर्तबन्दी राख्नुभएको छैन । हामीबीचमा कुनै पनि सर्तबन्दी छैन । रेशम चौधरी, मधेस आन्दोलनलगायतका विषयमा उहाँहरूले भन्नुभएको छ । सत्ता साझेदारी गर्ने कुरा त्यहाँ उठिरहेको छैन ।’

जसपाका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीसँगको भेटमा आफ्ना मागहरूको विषयमा कुरा भएको बताए ।