मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ४ बुधबार १८:५९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय प्रवर्द्धन समितिमा केसी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ४ बुधबार १८:५९:००

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय प्रवद्र्धन समितिमा सल्लाहकार मनोनीत भएका छन् । महासंघ अध्यक्ष शेखर गोल्छाले केसीलाई सल्लाहकार मनोनीत गरेका हुन् । 

युवा व्यवसायी केसी नेपाल–भारत सम्बन्धलगायत अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धका जानकार मान्छिन् । उनले केही दशकयता आर्थिक कूटनीतिको क्षेत्रमा कार्य गर्दै आएका छन् । केसी  एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आइडा)मा संस्थापक प्रमुख छन् । 

उनले नेपालमा सम्पन्न ‘लगानी सम्मेलन’ तथा नेपाल उद्योग परिसंघको ‘पूर्वाधार सम्मेलन’ आयोजना गर्न पनि भूमिका निर्वाह गरेको नेपाल–भारत उद्योग वाणिज्य संघले जनाएको छ । ‘अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिका सदस्यहरूको सुझबुझपूर्ण प्रयासहरूमा यस नेपाल–भारत उद्योग वाणिज्य संघको साथ रहने विश्वास दिलाउँदै सफल कार्यकालका लागि शुभकामना गर्दछौँ,’ संघका निर्देशक केशवमान सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।