१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत ४ बुधबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ चैत ४ बुधबार o९:४८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैशाख २८ देखि जेठ २ सम्म क्यान इन्फोटेक हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ चैत ४ बुधबार o९:४८:oo

क्यान महासंघले वैशाख २८ देखि जेट २ सम्म ‘क्यान इन्फोटेक २०२१’ आयोजना गर्ने भएको छ । सन् १९९५ देखि निरन्तर आयोजना हुँदै आएको इन्फोटेकको यो २७औँ संस्करण हो ।  कोभिड–१९ का कारण अघिल्लो वर्ष काठमाडौंसहित ७ प्रदेशमा ९ वटा इन्फोटेक आयोजना गर्ने योजना भए पनि ५ प्रदेशमा ७ वटा मात्र आयोजना गर्न सकिएको क्यानले जनाएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने मेला सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिक रूपमा आयोजना हुने देशकै ठूलो प्रदर्शनी भएको क्यानको दाबी छ । कोभिड–१९ का कारण यो वर्षको मेला नियमित समयभन्दा तीन महिना ढिलो हुन गएको जनाइएको छ । 

मेलाको आयोजनाले कोभिड–१९ का कारण प्रभावित भएका तथा नभएका सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षलाई राहत तथा सहयोग पुग्ने अपेक्षा लिएको महासंघले जनाएको छ । यो मेलाको शीर्ष प्रायोजन प्रभुपेले गरेको जनाइएको छ । त्यस्तै, सहप्रायोजन वल्र्डलिंक कम्युनिकेसन, प्राज्ञिक साझेदार सनवेक लेजर, डिजिटल डिस्प्ले साझेदार अल्ट्रा एलइडी रहेको जनाइएको छ । 

प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहने जनाइएको छ । प्रदर्शनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्ने महासंघले जनाएको छ । त्यस्तै, अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने जनाइएको छ । 

मेलाका आकर्षण 
मेलामा ब्रान्डिङ, आइसिटी एसेसरिज, गेमपार्लर, प्रडक्ट लन्चिङ, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, इ–बेस्ट म्यानेजमेन्ट, वाइफाई तथा इन्टरनेट र लर्निङ सेन्टर तथा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी रोजगार केन्द्र मुख्य हुने आयोजकले जनाएका छन् ।  

मेलामा सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोलुुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, सोलार पावर सिस्टम, इन्भर्टर, युपिएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टी भाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सिसिटिभी र हार्डडिस्कजस्ता उत्पादनहरू प्रदर्शनी तथा बिक्रीमा राखिने जनाइएको छ ।

त्यस्तै, आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियलजस्ता विषय मेलाको आकर्षण हुने आयोजकको दाबी छ ।