१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २१:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्युचाटारबाट ठूलो परिमाणमा लागुऔषध बरामद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २१:o८:oo

काठमाडौंको स्युचाटारमा लागुऔषध कारोबार गिरोहका एक नाइके पक्राउ परेका छन् । सोलुखुम्बुको दुधकुण्ड गाउँपालिका घर भएका ३६ वर्षीय आङगु शेर्पालाई ठूलो परिमाणमा लागुऔषधसहित महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो । 

उनीबाट आठ सय ११ एम्पुल डाइजेपाम, सात सय ८५ एम्पुल फेनेरागन, ६ सय एम्पुल नुरफिन, एक सय ७९ एम्पुल लुपुजेपाम, १२ सय ट्याब्लेट नाइटेजेपाम बरामद भएको छ । सो लागुऔषध उनले आफ्नो डेरामा लुकाएर राखेका थिए ।  

त्यस्तै ६० हजार नगद पनि बरामद गरिएको कालिमाटी वृत्तका डिएसपी अपिल बोहराले बताए । उनको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ठूलो परिमाणमा बरामद भएकाले शेर्पा ठूला कारोबारी भएको प्रहरी दाबी छ ।

ad
ad