१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २७ बिहीबार १६:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर अधिकृतसहित दुईजना डेढ लाख घुससहित पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २७ बिहीबार १६:०६:००

सेवाग्राहीसँग डेढ लाख घुस लिएको आरोपमा आन्तरिक राजस्व कार्यालयका कर अधिकृतसहित दुईजना पक्राउ परेका छन् ।

धनुषास्थित आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत रमेश ढकाल  र आरएन म्यानेजमेन्ट अकाउन्ट कन्सल्टेन्सीका सञ्चालक नवीनकुमार कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ढकालले अन्तःशुल्क समायोजन गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । कर्णले घुस रकम बुझेका थिए।

कर्ण धनुषास्थित अन्नपूर्ण होटेल एन्ड गेस्ट हाउसबाट र ढकाल नेपाल स्काउटको कार्यालय अगाडिबाट पक्राउ परेको अख्तियारले जानकारी दिएको छ।