१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
अमुल थापा काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार १७:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस सांसदद्वारा प्रतिनिधिसभामा नाराबाजी, बैठक १० मिनेटका लागि स्थगित

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार १७:५५:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले अध्यादेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले अध्यादेश फिर्ता लिन आग्रह गरेकी थिइन् ।

भुसालको आग्रहपछि पनि सभामुख अग्नि सापकोटाले अध्यादेश पेस गर्न समय दिएका थिए । त्यसपछि कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले अध्यादेश फिर्ता हुनुपर्ने बताए ।

खाणले बोलेपछि कांग्रेस सांसदहरूले नाराबाजी गरेका छन् । 

नाराबाजीपछि सभामुख सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।