मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण १९ बुधबार ११:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार र चन्द समूहबीचकाे पहिलो चरणको वार्ता सकियो, वार्ता सकारात्मक दिशातर्फ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण १९ बुधबार ११:५४:००

सरकार र नेत्रविक्रम चन्द समूहबीच आज पहिलो चरणको वार्ता सकिएकाे छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बिहान सम्पन्न वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए ।  

सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माकाे संयोजकत्वमा मंगलबार अलग-अलग वार्ता समिति सार्वजनिक भएको थियो । 

हिंसात्मक गतिविधि गरेको भन्दै दुई वर्षअघि विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएका प्रधानमन्त्री केपी ओलीले विप्लवकै पूर्वसहकर्मीसमेत रहेको गृहमन्त्री रामबहादुर थापालाई वार्ता टोलीको संयोजक बनाएका छन् ।

मंगलबार घोषणा भएको सरकारी वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई छन् । नेकपा विभाजनपछि ओली पूर्वमाओवादीसँग सहकार्य बढाएर प्रचण्डमाथि दबाब बनाउने रणनीतिमा छन् । नेकपा विभाजनअगाडिसम्म ओली विप्लव नेकपासँग अनुदार थिए । 

याे पनि पढ्नुहाेस् : सरकार–विप्लव पक्ष वार्ता : विप्लवका दुई सर्त, दुई एजेन्डा