मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १७ सोमबार १८:२८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

प्रधानसेनापति थापाले लगाए कोरोना खोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १७ सोमबार १८:२८:००

प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार कोभिड– १९ विरुद्धको खोप लगाएका छन् । भारतबाट ल्याइएको कोभिसिल्ड खोप लगाउने उनी पहिलो उपल्ला अधिकारी हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली तथा मन्त्रीहरूले नै खोप लगाएका छैनन् । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर प्रधानसेनापति थापाले खोप लगाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

उनीबाहेक अन्य सुरक्षा निकायका प्रमुखहरूले पनि खोप लगाएका छैनन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले अहिलेसम्म खोप लगाएका छैनन् । 

हालसम्म स्वास्थ्यकर्मी, कोभिड– १९ रोकथाम तथा नियन्त्रणमा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मी, पत्रकारलगायतले खोप लगाएका छन् ।