मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण १६ आइतबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण १६ आइतबार १८:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्राफिक प्रहरीबाट भटाभट घुस फिर्ता, घुस दिनेलाई कडा कारबाही 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १६ आइतबार १८:४९:oo

उपत्यकाभित्रका सडकपेटीमा खटिने ट्राफिक प्रहरीले घुसबापत प्राप्त रकम घुस दिनेलाई नै फिर्ता गर्ने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महशाखाले घुसबापतको रकमबराबर वृत्ति विकासमा जनिने गरी पुरस्कार दिने नयाँ नियम बनाएपछि ट्राफिक प्रहरीले भटाभट घुस फिर्ता गर्न लागेका हुन् । 

महाशाखाले घुस रकम फिर्ता गर्ने प्रहरीलाई पुरस्कृत गर्न ‘नागरिकमैत्री ट्राफिक प्रहरी छनोट कार्यविधि २०७७’ नै बनाएको छ । कार्यविधिअनुसार घुस फिर्ता गर्ने प्रहरी कर्मचारीलाई सोही रकमबराबरको पुरस्कार दिने र घुस दिने सवारीचालकलाई पक्राउ गरिनेछ । जसअन्तर्गत महाशाखाले हालसम्म एक प्रहरी निरीक्षकसहित ६५ ट्राफिक प्रहरीलाई सम्मान गरेको छ । यस क्रममा घुस दिन खोज्ने ९४ जना चालकलाई पक्राउ गरी कारबाही गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । 

उनले भने, ‘ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारबाहीपश्चात् हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्छन् । प्रलोभनमा नपरी त्यस्ता चालकहरूलाई कारबाहीको दायरामा ल्याउने र जिम्मेवारीलाई पूर्ण रूपमा निर्वाह गरी संगठनको छवि उच्च राख्न महाशाखाले यस्तो काम गरेको हो ।’

ट्राफिक प्रहरीले गर्ने दैनिक कामकारबाही एवं गतिविधिका क्रममा आउने सेवाग्राही तथा सडक प्रयोगकर्ताहरूसँग नागरिकमैत्री व्यवहारसहित सहज, सरल एवं पारदर्शी सेवा प्रदान होस् भन्ने अभिप्रायले मूल्यांकन पद्धतिसहित पुरस्कृत गर्ने परिपाटीको सुरुवात गरेको हो । 

यसरी हुन्छ मूल्यांकन 
नेपाल प्रहरीका कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ र प्रहरी हवल्दार तथा प्रहरी जवानलक्षित उत्प्रेरणा अभिवृद्धि योजना २०७७ लाई प्रभावकारी कार्यान्वयन गर्न ट्राफिक प्रहरीबाट सेवाग्राही तथा सडक प्रयोगकर्ताहरूसँग सभ्य, शिष्ट र पारदर्शी रूपमा उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले नागरिकमैत्री ट्राफिक प्रहरी छनौट कार्यविधि २०७७ बनाई लागू गरिएको महाशाखाले जनाएको छ ।

सय पूर्णांकको कार्यविधिलाई दुई चरणमा विभाजन गरिएको छ । जसमा प्रहरी कर्मचारीको व्यक्तिगत आचरण, कार्यसम्पादन क्षमता, सेवाग्राहीसँगको व्यवहार, अनुशासनलगायतका विषय समेटिएका छन् । प्रत्येक ट्राफिक प्रहरी कर्मचारीको प्रत्यक्ष मूल्यांकन निज कार्यरत कार्यालयको प्रमुख, हवल्दार र सुबेदार मेजरबाट हुनेछ भने समग्र मूल्यांकन एवं सुपरीवेक्षण महाशाखाले गर्ने छनोट कार्यविधिमा व्यवस्था रहेको छ ।

प्रत्येक महिना सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने दुईजनालाई वृत्ति विकासमा जनिने गरी नगद पुरस्कार एवं सम्मानसमेत गरिने महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए ।