मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण १६ आइतबार ०७:४६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बाँदर अभावले भ्याक्सिन परीक्षण नै रोकियो

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १६ आइतबार ०७:४६:००

 सिंगो विश्व कोरोना नियन्त्रणका लागि बनिरहेका भ्याक्सिन र त्यसको अपडेटका समाचार पर्खिरहेको छ । विश्वको यो चहानाअनुरूप भ्याक्सिन उत्पादन कम्पनीहरू पनि दिनरात काम गरिरहेका छन् । तर, पछिल्लो समय नयाँ भ्याक्सिन परीक्षणमा वैज्ञानिकहरूले एउटा अनौठो खालको अवरोध झेलिरहेका छन् । उनीहरूले झेलिरहेको समस्या हो, भ्याक्सिन परीक्षणका लागि बाँदरको अभाव । 

अमेरिकाको रक भेलस्थित बाँदर सप्लाई गर्ने कम्पनी बायोक्वालका सिइओ मार्क लुइसका अनुसार वैज्ञानिकहरूलाई समस्या नहोस् भनेर विभिन्न स्थानमा बाँदरको खोजी बढाइएको छ । तर, मागअनुसार बाँदर उपलब्ध हुन नसकेको उनको भनाइ छ । बाँदर अभावले केही नयाँ भ्याक्सिन विकासमा अवरोध भइरहेको छ ।

उनको कम्पनीले कोरोना भ्याक्सिन निर्माणमा संलग्न औषधि उत्पादक कम्पनीहरूलाई वर्षौंदेखि बाँदर उपलब्ध गराउँदै आएको छ । विश्व प्रसिद्ध औषधि उत्पादन कम्पनी मोडेर्ना र जोनसोन एन्ड जोनसोनलाई पनि उनले नै भ्याक्सिन परीक्षणका लागि बाँदर उपलब्ध गराएका थिए । ‘तर, केही महिनायता ती कम्पनीलाई पनि मागअनुसार बाँदर दिन सकिएको छैन,’ लुइसले भने, ‘भ्याक्सिन बनाउन बाँदरको उपयोग तथा भूमिका अहं मानिन्छ, बाँदर र मानिसमा डिएनए र इम्युन पावर उस्तै हुन्छ । यसै कारण भ्याक्सिनको परीक्षण बाँदरमा हुने गरेको हो ।’ 

उनले एउटा बाँदरलाई करिब १० हजार डलर दिँदासमेत नपाएको गुनासो गरे । परीक्षण गर्ने बाँदर नै नपाएपछि कतिपय कम्पनीले भ्याक्सिन परीक्षण प्रक्रिया नै रोकेको लुइसको भनाइ छ । ‘हामीले बाँदर सप्लाई गर्न नसकेका कारण ती कम्पनीले तत्कालका लागि अनुसन्धान कार्य रोकेका छन्,’ उनले भने । 

अमेरिकाका अनुसन्धानकर्ताहरूले बाँदरमाथिको ट्रायल सफल भएपछि मात्रै भ्याक्सिन मानिससमक्ष पुग्ने गरेको बताउँछन् । उनीहरूले भने, ‘यस्तो अवस्थामा बाँदर नै नपाउँदा भ्याक्सिनको ट्रायलसमेत प्रभावित बनेको छ ।’ अमेरिकामा बाँदरकै कमीका कारण एड्स तथा अल्जाइमर्सजस्तो रोगसँग सम्बन्धित भ्याक्सिन निर्माण तथा परीक्षण ठप्प भएको लुइसले बताए । 
संकटका वेला खाद्यान्न भण्डार गरेजस्तै जनावरलाई पनि भण्डारण गर्नुपर्ने अमेरिकन अनुसन्धानकर्ताहरूको माग छ ।

अमेरिकाको सातवटा निजी केन्द्रमा अहिले २५ हजार बाँदर छन् । यसमध्ये ६ सयदेखि सात सय बाँदर मात्रै भ्याक्सिन परीक्षणका लागि योग्य छन् । तर, यो संख्या भ्याक्सिन ट्रायलका निमित्त पर्याप्त होइन । बाँदर आपूर्तिमा चीनमाथि निर्भरचीनले विश्वका अधिकांश राष्ट्रमा जनावर बेचबिखन र निर्यात गर्दै आइरहेको छ । तर, कोरोना महामारीपछि चीनले अहिले जंगली जनावर बिक्रीमाथि रोक लगाएपछि बाँदरसहितका जंगली जनावर अभाव भएको हो ।