१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १४ शुक्रबार
  • Saturday, 05 July, 2025
२o७७ फाल्गुण १४ शुक्रबार १o:५१:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

जेसिबीको आउटलेट खुलेपछि जुम्लाका निर्माण व्यवसायी उत्साहित

मेसिन बिग्रिँदा नेपालगन्ज वा सुर्खेतको भर पर्नुपर्ने बाध्यता हट्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण १४ शुक्रबार १o:५१:oo

निर्माण कार्यमा प्रयोग भएका हेभी इक्विप्मेन्ट बिग्रिनेबित्तिकै जुम्लाका निर्माण व्यवसायी गणेश महतलाई सधँै टाउको दुखाइ हुन्थ्यो । जिल्लामा न त मेसिन मर्मत गर्ने प्राविधिक थिए, न त पार्टपुर्जा नै उपलब्ध थियो । मेसिन बिग्रनेबित्तिकै नेपालगन्ज वा सुर्खेतबाट प्राविधिक झिकाउनुपथ्र्यो । टाढाबाट प्राविधिक र पार्टपुर्जा झिकाएर मर्मत गर्न खर्चिलो मात्रै होइन, समय पनि उत्तिकै खेर जान्थ्यो ।

इशा निर्माण सेवाका सञ्चालक महत मात्र होइन, जुम्ला र आसपासका  जिल्लाका निर्माण व्यवसायीहरूले पनि आफ्नो कन्स्ट्रक्सन मेसिनको सर्भिस गर्न सास्ती भोग्दै आइरहेका थिए । तर, अबदेखि जुम्लाका निर्माण व्यवसायीहरूले  मेसिन बिग्रिँदा नेपालगन्ज वा सुर्खेतको भर पर्नुपर्ने बाध्यता हट्ने भएको छ । विकास निर्माणका कामले रफ्तार लिइरहेको जुम्लामा जेसिबीले ‘थ्रिएस’ सेवा दिन आधिकारिक बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।

जेसिबीको आधिकारिक डिलर अंकित जनरल स्टोरले अन्तर्राष्ट्रियस्तरको सेल्स, सर्भिस र स्पेयर्सको सुविधा उपलब्ध गराउने सञ्चालक चन्द्र खड्काले बताए । डेढ दशकअघि जुम्लामा जेसिबीका उपकरण पुगे पनि गुणस्तरीय सर्भिस नपाउँदा हैरानी व्यहोर्नुपरेको अंकित जनरलका सञ्चालक खड्काले बताए ।

उनका अनुसार जेसिबीले जुम्लासहित, कालिकोट, मुगु, डोल्पाको तल्लो भेगसम्म सेवा उपलब्ध गराउनेछ । जेसिबीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू अर्थ मुभर्सले कर्णाली क्षेत्रमा भौतिक निर्माणले तीव्रता पाएसँगै निर्माण व्यवसायीको सहजतालाई ध्यानमा राखेर थ्रिएस सेवासहितको डिलर स्थापना गरेको जनाएको छ ।

अहिले जुम्ला हुँदै मुगुसम्म सडक खुलिसकेको छ । अहिले जुम्लामा मात्रै ५०–६० वटा निर्माण उपकरण सञ्चालनमा छन् । उनले भने, ‘हामीसँगै चार–पाँचवटा कन्स्ट्रक्सन मेसिन छन्, यहाँ सर्भिस नहुँदा मेसिन बिगिँदा नेपालगन्ज र सुर्खेतबाट प्राविधिक र पार्टपुर्जा मगाउनुपर्ने बाध्यता थियो । हामीले जेसिबीको कर्पोरेट अफिस काठमाडौंमा पुगेर जुम्लामा पनि डिलर खोलिदिन आग्रह गर्‍यौँ, कम्पनीले हामीलाई अगाडि सर्न भनेपछि आफैँ कस्सिएका हौँ ।’

यसअघि नै खड्काले यामाहा बाइकको जुम्लाका लागि डिलरसिप लिइसकेका छन् । यामाहाको सर्भिस सेन्टरका दुईजना मिस्त्रीले जेसिबी इक्विप्मेन्टको पनि तालिम लिएर काम गर्न सुरु गरेका छन् । अहिले दैलेख, कालिकोट, डोल्पाको तल्लो भागसम्म पुगेर सेवा दिने अंकित जनरल स्टोरले लक्ष्य लिएको स्टोरकी सञ्चालक चन्द्रकला खड्काले भनिन् । ‘यो भेगमै जेसिबीबाहेक अरूको विक्रेता र सर्भिस सेन्टर छैनन्,’ उनले भनिन्, ‘हामीले मेसिन बिग्रिएको ६–७ घन्टामा सेवा दिने गरी काम गर्नेछौँ, अब मेसिन बिग्रिएर हप्ता दिनसम्म थन्क्याएर राख्नुपर्नेछैन ।’ आउटलेट खुलेको सातामै एउटा एक्साभेटर र दुईवटा ब्याकहो लोडर बिक्री भइसकेको छ । 

जुम्लामा सडक पुग्नेबित्तिकै पहिलोपटक जिल्लामा ब्याकहो लोडर, एक्साभेटर, रोलर, ट्रिपर भिœयाउने अमिन निर्माण सेवाका सञ्चालक तारासिंह कठायतले जेसिबीको अथोराइज्ड रिटेल स्टोर खुलेपछि उत्साहित भएको बताए । उनले भने, ‘जिल्लामा सेवा दिने गरी जेसिबी आएपछि हामी निर्माण व्यवसायीलाई पक्कै सहज हुनेछ । अब पक्कै पनि मेसिन बिग्रिनेबित्तिकै मर्मत हुनेछ र नयाँ निर्माण उपकरण किन्न नेपालगन्ज वा सुर्खेत धाउनुपर्नेछैन ।’

वरिष्ठ निर्माण सेवाका सञ्चालक बलबहादुर शाहीले जेसिबी जुम्ला भित्रिएर इतिहास ब्रेकअप गरेको बताए । ‘विकासका लागि जुम्ला, मुगु, डोल्पा भर्जिन ल्यान्ड हुन्, विकास निर्माणले तीव्रता पाउने हुँदा निर्माण उपकरणको प्रयोग बढ्नेछ,’ उनले भने, ‘यस्तो वेलामा जेसिबीले आधिकारिक डिलर स्थापना गरेर यहाँको विकास निर्माणको साझेदार बनेको छ ।’ 

निर्माण व्यवसायी तारमा बुढाले भने, ‘निर्माण उपकरण जहाँ बिग्रियो, त्यहीँ मर्मत गर्ने हो, फर्काएर लैजान मिल्दैन, त्यसैले पार्टपुर्जा र मेकानिक सुविधा तत्काल चाहिन्छ । जेसिबीले चुस्त सेवा दिनेमा विश्वस्त छौँ ।’ व्यवसायीले जति मेसिन चल्यो त्यति आम्दानी गर्ने हो ।

ऋण खोजेर किनेका निर्माण उपकरण बिग्रिएर हप्ता–दश दिन थन्किँदा व्यवसायी निकै मारमा परिरहेको उनको भनाइ छ । ‘यदि मेसिन बिग्रिएको खबर गरेपछि तत्काल पार्टपुर्जा र मेकानिक उपलब्ध गराउन नसकेमा मेसिन नचलेको दिनको क्षतिपूर्ति कम्पनीले दिनुपर्छ,’ उनले भने, ‘जहाँसुकै विकास निर्माणका काममा जेसिबीले पाइला नटेक्दै सुरुवात हुँदैन, त्यसैले जेसिबीको सेवा पनि चुस्त हुनुपर्छ ।’