१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १४ शुक्रबार १०:४९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साना तथा मझौला कर्जामा पहुँच बढाउन महासंघ र बैंकर्सबीच समझदारी

लघु, घरेलु, साना तथा मझौला उद्यममा प्रवाह हुने वित्तीय सेवालाई प्रभावकारी बनाउन केन्द्रीय तथा प्रादेशिक तहमा निजी क्षेत्र र बैंकर्सको संयुक्त कार्यदल गठन गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १४ शुक्रबार १०:४९:००

लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसएमइज)को कर्जामा पहुँच बढाउन निजी क्षेत्र र बैंकरबीच समझदारी भएको छ । एसएमइजको प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायतको सेवा प्रवाहमा सहजीकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच समझदारी भएको हो । 

महासंघ सचिवालयमा बिहीबार महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । एसएमइजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्नेसमेत समझदारी भएको छ । उक्त अवसरमा महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र एसएमइजको प्रवद्र्धनमा दुवै संस्थाबीच भएको यो समझदारी कोसेढुंगा हुने बताए । एसएमइजलाई सघाउन सके मात्र समृद्धि सम्भव रहेको भन्दै गोल्छाले विशेष गरी ऋणको सहज पहु“चमा भोग्दै आएको समस्यालाई यो समझदारीले सम्बोधन गर्ने बताए । 

बैंकर्स संघका अध्यक्ष दाहालले महासंघसँग भएको समझदारीबाट एसएमइजहरूलाई सघाउन सहयोग पुग्ने बताए । मुलुकका ७ सय ४९ स्थानीय तहसम्म बंैकिङ पहु“च विस्तार भइसकेको जानकारी गराउँदै उनले यो सहकार्यले तल्लो तहसम्म वास्तविक सहयोग खोजिरहेका एसएमइजहरूलाई सघाउन सहयोग पुग्ने बताए । 

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डिबी बस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महसुस गरेको बताए । समझदारीअनुसार छिट्टै दुवै संस्था र आइएलओसमेत बसेर कार्ययोजना बनाई कार्यान्वयनमा जाने प्रतिबद्धता जनाए ।

अन्तर्राष्ट्रिय श्रम संगठनका वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमइजहरूको ८० प्रतिशत समस्या ऋणको सहज पहुँचको अभाव नै रहेको बताए । मुलुकभित्रको कुल रोजगारीमा करिब ९५ प्रतिशत योगदान एसएमइजहरूकै भएकाले यो समझदारीले एसएमइजहरू फस्टाउन विशेष सहयोग पुग्ने उनको भनाइ छ ।