मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १३ बिहीबार १९:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वैज्ञानिकको योगदान सरकारले कहिल्यै भुल्न सक्दैन : मन्त्री श्रेष्ठ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १३ बिहीबार १९:१४:००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विज्ञानसम्बन्धी चेतना बढाउन र प्रविधिको सही उपयोग गर्न सके कोभिड– १९ र ठूला महामारीविरुद्धको लडाइँ लड्न सफल हुने बताएका छन् । उनले कोभिड– १९ महामारीमा नेपाली वैज्ञानिकले गरेको योगदानलाई सरकारले कहिल्यै भुल्न नसकेको पनि बताए । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नास्टका १८ वैज्ञानिकको प्रस्ताव छनोट गरी प्रविधि विकास गर्न दिएको अनुदान र ती प्रस्तावअनुसार प्रविधि विकास गरी सोही प्रविधिको माध्यमबाट कोभिड– १९ नियन्त्रण गर्न महत्वपूर्ण भुमिका खेलेको उनले बताए । 

विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति– २०७६ को कार्ययोजना तयारी गोष्ठीको उद्घाटन गर्दै श्रेष्ठले २१औँ शताब्दीमा विज्ञान र प्रविधिको विकास अपरिहार्य रहेको उल्लेख गरे । उनले भने, ‘नेपालको आर्थिक सामाजिक विकासमा सहयोगी हुने सबै प्राथमिक क्षेत्रमा अध्ययन, अनुसन्धान र प्रविधि विकासलाई महत्व दिने योजना आवश्यक छ ।’
पछिल्लो समयमा विकसित राष्ट्रको रूपमा देखा परेका मुलुकहरूले विज्ञान प्रविधि र नवप्रवर्तनबाटै मुलुकलाई आमूल परिवर्तन गरेको चर्चा गर्दै उनले नेपालले पछि सो क्षेत्रमा प्रगति अर्नु आवश्यक रहेको बताए । 

कार्यक्रममा शिक्षासचिव रामप्रसाद थपलियाले हजारभन्दा बढी सरोकारवाला निकाय, वैज्ञानिकलगायतसँग छलफल गरी तयार भएको कार्यान्वयन योजनालाई लागू गर्न सबैको सहयोग अपरिहार्य रहेको बताए । 

विज्ञानसचिव डा. सञ्जय शर्माले वर्तमान समयमा विकासको परिभाषा विज्ञानबाहेक अरू हुन नसक्ने बताए । कार्यशाला गोष्ठी शुक्रबारसम्म चल्नेछ ।