मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण १३ बिहीबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण १३ बिहीबार १o:२७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सर्वाेत्तम सिमेन्टको उत्पादन क्षमता दैनिक ६० हजार बोरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १३ बिहीबार १o:२७:oo

सर्वोत्तम सिमेन्ट लिमिटेडले उद्योेगको उत्पादन क्षमता दैनिक ४० हजार बोराबाट बढाई ६० हजार बोरा पुर्‍याएको छ । कम्पनीले बजारमाग बढेका कारण ५० प्रतिशत उत्पादन बढाएको हो । सफलताको अर्काे फड्को पार गर्दै अब आफ्नो उत्पादन क्षमता बढाएको कम्पनीले जनाएको छ । 

 आफ्रनो सिमेन्ट उत्पादन अझै  बृहत् भएपछि सिमेन्ट उपभोक्तामाझ गुणस्तरीय तथा अत्याधुनिक प्रविधिबाट उत्पादित सिमेन्टको पहुँच अझै  सरल तथा सुलभ बन्ने विश्वास लिएको कम्पनीले जनाएको छ । आफ्नो उत्पादन ठुल्ठूला परियोजना तथा गौरवशाली आयोजनालगायत पुल, बाँध, हाइड्रोपावर, धावनमार्गदेखि हाउजिङ कम्पनीमा समेत पहिलो रोजाइमा पर्दै आएको कम्पनीको दाबी छ । 

कम्पनीका ब्रान्ड म्यानेजर गोपाल सारदाले सर्वाेत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग रहेको बताए । कम्पनी आइएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरणमैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित भएको सारदाले जानकारी दिए । कम्पनीले ग्रिन सर्वाेत्तम ओपिसी र सौरभ ग्रिन पिपिसी नामक ब्रान्डका सिमेन्ट नेपालभर बिक्री–वितरण गरिरहेको जनाएको छ ।