मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १० सोमबार १५:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री भट्टराईद्वारा चिकित्सकसँग परामर्श, भोलि अस्पताल भर्ना हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १० सोमबार १५:४७:००

उपचारका लागि भारतमा रहेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चिकित्सकसँग परामर्श गरेका छन् । डा. प्रोफेसर विक्रम भाटियासँग उनले परामर्श लिएका हुन् ।

भारतको नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा भर्ना भई भट्टराईको  स्वास्थ्यको थप परीक्षण हुने जसपा केन्द्रीय सदस्य तथा भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । उनका अनुसार भट्टराईलाई मंगलबार अस्पतालमा भर्ना गरिनेछ ।

भट्टराई स्वास्थ्योपचारका लागि नेपाल वायुसेवाको जहाजबाट आइतबार दिल्ली गएका हुन् । पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण र उपचार गराइरहेका उनलाई चिकित्सकले दिल्ली जान सल्लाह दिएको पाण्डेले जानकारी दिएका छन् ।