१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १५:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बारपाकमा एकैघरका तीनजना मृत भेटिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:१५:oo

गोरखाको बारपाक सुलिकोट गाउँपालिका– १ स्थित बारपाकका एकैघरका तीनजना मृत फेला परेका छन् । ८४ वर्षीय तिलबहादुर गुरुङ, तिलबहादुरकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।

घरमा उनीहरू मात्र थिए । बेलुका खाना खाएर सुतेका उनीहरू बिहान अबेरसम्म ढोका नखुलेपछि छिमेकी गएर हेर्दा मृत अवस्थामा भेटिएका हुन् । मृतक तीनैजनाको मुखबाट फिँज बगेको अवस्थामा भेटिएको एसपी गुरुङले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ad
ad