सम्पन्न भएको काम
धोबीखोला करिडोर सुधार आयोजनाका इन्जिनियर सज्जन कुँवरका अनुसार सुरुमा खैरो पुलदेखि बैजनी पुलसम्म विस्तारको योजना थियो । जसमा ११ किलोमिटर पथ्र्यो । दोस्रो फेजमा बैजनी पुलदेखि कपन भंगालसम्म चार किलोमिटर र तेस्रो फेजमा कपन भंगाल पुलदेखि राममन्दिरसम्म साढे दुई किलोमिटर आयोजनाका चरण हुन् । दुवैतर्फ गरेर पाँच किलोमिटर रहेको छ ।
हाल करिडोरअन्तर्गत कपनको संयुक्त बसपार्कसम्म गाडी गुड्ने आयोजनाले जनाएको छ । आयोजनाको पहिलो चरणअन्तर्गतको बैजनी पुल (चाबहिल रिङरोड)देखि खैरोपुल (बागमती दोभान) सम्म खोलाको दुवैतर्फ ५.५/५.५ गरी जम्मा ११ किमि लम्बाइको नौ मिटर चौडा सडक ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ ।
दोस्रो चरणको बैजनी पुलदेखि कपन भंगाल पुलसम्म खोलाको दुवैतर्फ ४.०/४.० गरी जम्मा आठ किलोमिपटर लम्बाइको नौ मिटर चौडा सडक ट्र्याक खोल्ने कार्य ८० प्रतिशत काम सम्पन्न भएको छ । बैजनी पुलदेखि कपन भंगाल पुलसम्मको क्षेत्रमा (दुवैतर्फ) ९५ प्रतिशत नदी नियन्त्रण कार्य सम्पन्न भएको छ । यो सडक खण्डमा धर्मया–गौरीगणेश र जावबाला जेभीले काम गरेको थियो ।
तेस्रो चरणअन्तर्गत आयोजनाको कार्यक्षेत्र दक्षिणमा कपन भंगाल पुलदेखि करिब २.५ किलोमिटर उत्तरतपर्m राममन्दिर क्षेत्रसम्मको काम छिट्टै सकाउने गरी काम भइरहेको छ । हाल कपन भंगालमा ढल हाल्ने, ढलान गर्ने, रेलिङ हाल्नेलगायतको काम भइरहेको छ ।
कपन राममन्दिर, कपन भंगाल पुलसम्म–चावहिलको बैजनी पुलसम्म–खैरो पुल (बाग्मती दोभान)सम्म खोलाको दुवैतर्फ गरी २४ किलोमिटर करिडोरको सडक खण्ड बन्नेछ । ‘तीन सय मिटरमा पहिरो भएका कारण त्यसमा कसरी जाने भनेर हामीले काम गरिरहेका छौँ । मुख्य काम सकियो । सबै काम पाँच सात महिनामा सकिन्छ । फेरि थप्ने योजना भएको छ । त्यसका लागि सम्भाव्यता अध्ययनको काम भइरहेको छ,’ आयोजना प्रमुख पोतेले भने, ‘नीलो पुल क्षेत्रको पूर्वपट्टि वडा नम्बर १० मा पाँचवटा घरजग्गा अधिग्रहण गर्न बाँकी छ । नीलो पुल क्षेत्रमा करिब दुई सय मिटर सडक ट्र्याक खोल्न बाँकी छ ।’
काठमाडौं महानगरपालिकालगायत उपत्यकामै बढ्दै गइरहेको सहरी विकास सँगसँगै बढ्दो सवारी चापलाई व्यवस्थित गर्न भन्दै आयोजनाको सुरुवात गरिएको थियो । तत्कालीन काठमाडौं उपत्यका नगर विकास समितिले धोबीखोला करिडोर सुधार आयोजना व्यवस्थापन उपसमिति गठन गरी यस करिडोरको निर्माण कार्यका लागि काठमाडौं महानगरपालिकालाई जिम्मा दियो ।
महानगरले आफूले निर्माण गर्ने भन्दै समितिसँग मागेको थियो । १७ वैशाख २०५९ देखि काठमाडौं महानगरले आयोजनालाई सञ्चालनमा ल्याएको थियो । करिब ६ वर्ष सञ्चालन गरेपछि पूर्वाधार विकासका लागि बजेट अभावजस्ता समस्या देखापरेपछि २ पुस २०६४ देखि तत्कालीन काठमाडौं उपत्यका नगर विकास समितिबाटै आयोजनाको कार्य सञ्चालन हुन थाल्यो । काठमाडौं उपत्यका नगर विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरणमा परिणत भएपछि यो आयोजना सहरी विकास मन्त्रालयअन्तर्गत रहेर सञ्चालित छ ।