Skip This
बहुविवाहका दोषी प्रदेश सांसदलाई एक दिन पनि जेल नराखी आममाफी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार o३:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

बहुविवाहका दोषी प्रदेश सांसदलाई एक दिन पनि जेल नराखी आममाफी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o३:o१:oo

कानुनमन्त्री लीलानाथ श्रेष्ठको जिल्ला सिराहाका प्रदेश सभा सांसद दिलीपकुमार साहले पनि आममाफी पाएका छन् । बहुविवाह मुद्दामा अदालतले दोषी ठहर गरे पनि उनले अहिलेसम्म एक दिन पनि कैद भुक्तान नगरी राष्ट्रपतिबाट आममाफी पाएका छन् । उनी सत्तारुढ दल नेकपाको तर्फबाट सिराहा–४ (क) का सांसद हुन् ।

श्रीमती संगीतादेवी यादवले दिएको मुद्दामा उनलाई जिल्ला अदालत धनुषाले एक वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । उच्च अदालतले समेत फैसला सदर गरेको थियो । ३ जेठ ०७२ मै उनलाई अदालतले दोषी ठहर गरेकोमा हालसम्म उनी एक दिन पनि जेल बसेका छैनन्, बरु राजनीतिक पहुँचका आधारमा उन्मुक्ति पाएका छन् । बहुविवाहमा सजाय पाएकालाई राज्यले पनि माफी दिन नपाइने कानुन थियो । तर, नेकपा नेता साहलाई आममाफी दिन सरकारले फौजदारी कसुर (कैद कट्टा) नियमावली नै संशोधन गरेको छ । त्यससम्बन्धी अपराधमा जेल परेका ८४ जना पनि सँगै छुटेका छन् । 

ad
ad