१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘क्यानालिस टप ५ ग्लोबल स्मार्टफोन’को सूचीमा रियलमी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२o:oo

स्मार्ट फोन ब्रान्ड रियलमी ५ उत्कृष्ट स्मार्टफोनको सूचीमा परेको छ । स्मार्टफोनका क्षेत्रमा अनुसन्धान गर्दै आएको टेक्नोलोजी कम्पनी क्यानालिसले सार्वजनिक गरेको ‘५ उत्कृष्ट स्मार्टफोन २०२०’को सूचीमा रियलमी पनि परेको हो ।

चौथो त्रैमासिक क्यानालिस स्मार्टफोन सिपमेन्ट रिपोर्टका लागि कम्पनीले विश्वका १५ मुख्य ठूला स्मार्टफोन बजारको अध्ययन गरेर सूची सार्वजनिक गरेको जनाइएको छ । उक्त रिपोर्टले दक्षिण–पश्चिम एसियाली मुलुकमा रहेका पाँच ठूला स्मार्टफोन बजारमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने चौथो स्मार्टफोन रियलमी रहेको देखाएको कम्पनीको दाबी छ ।

फिलिपिन्सको स्मार्टफोन बजारमा तेस्रो स्थानमा पर्न सफल रियलमीको माग आर्थिक रूपमा विकसित हुँदै गएका थाइल्यान्ड, म्यानमारलगायतका मुलुकमा वार्षिक रूपमा शतप्रतिशतले वृद्धि भएको देखिएको कम्पनीको भनाइ छ । 

समग्र मोबाइल फोनको १२ प्रतिशत बजार सेयरका साथ भारतमा रियलमी पाँचौँ नम्बरमा पर्न सफल भएको जनाइएको छ । यो ब्रान्ड ग्रिस, चेक रिपब्लिक र रसियाजस्ता युरोपियन मुलुकका बजारमा समेत पाँच नम्बरमा रहेको कम्पनीको दाबी छ । रिपोर्टअनुसार २०२० को चौथो त्रैमासिकमा रसियामा यो फोनको बिक्री ३ सय ३८ प्रतिशतले बढेको देखिएको कम्पनीले जनाएको छ ।

ad
ad