दक्षिण कोरियामा पनि घटेन कोभिडका संक्रमितको संख्या
दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड– १९) का संक्रमितहरू पछिल्लो समयमा बढ्न थालेका छन् । यहाँका स्वास्थ्य अधिकारीहरूले संक्रमित हुनेहरूको संख्या पछिल्ला सातामा बढ्दै गएको जनाएका छन् ।
प्राप्त समाचारअनुसार पछिल्लो २४ घन्टामा थप तीन सय ४४ जनामा कोरोना भेटिएको छ । यो संख्या केही दिनयताकै धेरै रहेको बताइएको छ । योसँगै यहाँ संक्रमितहरूको संख्या ८३ हजार आठ सय ६९ जना पुगेको छ । कोरियामा पछिल्लो साता हरेक दिन कम्तीमा एक सयजनाजति संक्रमित थपिइरहेका छन् । उनीहरूमध्ये अधिकांश विदेशबाट आएका व्यक्ति हुन् । दक्षिण कोरियामा अहिले नयाँ वर्ष मनाइएको छ ।
२४ घन्टामा कोरोनाबाट पाँचको मृत्यु
पछिल्लो २४ घन्टामा यहाँ पाँच व्यक्तिको मृत्यु भएको छ । योसँगै कोरियामा कोरोना भाइरस संक्रमणबाट ज्यान जानेको संख्या एक हजार पाँच सय २७ जना पुगेको छ ।
दक्षिण कोरिया सरकारले कोरोना भाइरस संक्रमण रोक्न प्रभावकारी काम गरेको पनि बताइएको थियो । तर, प्राप्त समाचारअनुसार दक्षिण कोरियामा पछिल्ला केही महिनायता भने संक्रमितको संख्या बढ्दै गएको छ । दक्षिण कोरियाको सरकारका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले दिएको जानकारीअनुसार कोरोना संक्रमितमध्ये १.८२ प्रतिशतको ज्यान गएको छ ।