मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १ बुधबार
  • Wednesday, 14 April, 2021
२०७७ फाल्गुण ३ सोमबार ०९:४९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

छिप्रा गाउँका महिला तरकारी खेतीबाट आत्मनिर्भर

महिलाहरूको वार्षिक पाँच लाखसम्म आम्दानी

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण ३ सोमबार ०९:४९:००

व्यावसायिक तरकारी खेतीबाट जिल्लाको खार्पुनाथ गाउँपालिका–४, छिप्राका महिलाहरूले वार्षिक ५ लाखसम्म आम्दानी गर्दै आएका छन् । बेमौसमी र मौसमी तरकारी खेतीबाटै आकर्षक आम्दानी गर्दै आएकी खार्पुनाथ गाउँपालिका–४ की कृषक मोतीशिला रावलले बताइन् । 

आफूले राम्रो कमाइ गर्न थालेपछि रावल व्यावसायिक महिला कृषकहरूको गतिलो अगुवा बनेकी छिन् । तरकारी खेतीबाटै छोराछोरी र घरपरिवारको खर्च चलाउँदै आएको उनले जानकारी दिइन् । मौसम र बेमौसममा गाँजर, धनियाँ, प्याज, टमाटर, काँक्रो, सागलगायतका खेतीले घरपरिवार र छोराछोरी पढाउने खर्च धानेको उनको भनाइ छ । 

गुड नेभर्स संस्थाले ग्रिन हाउसका लागि त्रिपाल र कृषि सामग्री दिएपछि आफूहरूलाई राहत महसुस भएको उनले बताइन् । अर्की कृषक बाँचकली रावलले पनि घरनजिकै बेमौसमी तरकारीका लागि ठूलो ग्रिन हाउसमा साग, धनियाँ, गोलभेँडा, प्याज फलाउँदै आएकी छिन् । आफ्नो पढाइ–लेखाइ नभएपछि तरकारी खेती गरी छोराछोरी पढाउँदै आएको उनले बताइन् । ‘म खुसी छु, तरकारी खेतीबाटै वर्षमा ४ लाख हुन्छ,’ उनले भनिन्, ‘गुड नेभर्स संस्थाले हामी अशिक्षित महिलाहरूलाई तरकारी खेतीमा जोड्ने काम गरिदियो ।’ 

छोराछोरीलाई उच्च शिक्षा यही तरकारी खेतीबाट हुने गरेको बताइन् । महिलाहलाई झट्ट विश्वास नगर्ने नेपाली समाज यतिवेला ठूलै हिम्मत बटुलेर हुम्लाका महिलाहरू निर्वाहमुखी खेती प्रणालीलाई बदलेर व्यावसायिक बाटो रोजेका छन् । छिप्रा गाउँका महिलाहरू बेमौसमी रूपमा तरकारी उत्पादनमै हिजोआज सक्रिय देखिँदै आएका छन् । तरकारी खेती गरेकै कारण लेखपढ गर्न नजान्ने स्थानीय महिलाहरूले पनि आफ्नो आम्दानी र हिसाबकिताबसमेत राख्न थालेका छन् ।