१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ माघ २६ सोमबार १६:३७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बढी मूल्यमा पेट्रोलियम पदार्थ बिक्री–वितरण

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ माघ २६ सोमबार १६:३७:००

सिन्धुलीको भिमानस्थित ममता आयल सेन्टरले सरकारले तोकेकोभन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ बिक्री–वितरण गरेको पाइएको छ । ममताले प्रतिलिटर एक रुपैयाँ बढीमा पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्दै आएको पाइएको हो । 

धनुषाको महेन्द्रनगर नेपाल आयल निगमको डिपोअन्तर्गत पर्ने सो पेट्रोल पम्पले सरकारले तोकेको मूल्यभन्दा एक रुपैयाँ बढी प्रतिलिटर पेट्रोलियम पदार्थको बिक्री–वितरण गर्दै उपभोक्ताले बताएका छन् । 

सरकारले पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ ५० पैसा र डिजेल ९१ रुपैयाँ ५० पैसा दर रेट तोकेको छ । तर, ममता आयल सेन्टरले पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजेल प्रतिलिटर ९२ रुपैयाँ ५० पैसामा बिक्री–वितरण गर्दै आएको छ । 

यसैबीच, सरकारी स्वामित्वकै धनुषाको महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोले वर्षौँदेखि सिन्डिकेट लागू गरेको व्यवसायीले आरोप लगाएका छन् । नेपाल आयल निगमको महेन्द्रनगर डिप्पोले डिजेल, पेट्रोल ढुवानी गर्ने ट्रयांकरमा वर्षौँदेखि सिन्डिकेट लागू गरेको उनीहरूको आरोप छ ।  

महेन्द्रनगर डिपोसँग करिब सयवटा डिजेल पेट्रोल ओसारपसार गर्ने ट्यांकर रहेका छन् । तर, डिपो आफैँले सिन्डिकेट लगाएपछि पेट्रोल पम्पका सञ्चालकदेखि ट्यांकरधनीसमेत मर्कामा परेको गुनासो व्यवसायीको छ । 

कतिपय पेट्रोल पम्पका सञ्चालकहरूसँग आफ्नै ट्यांकर छ । तर, उनीहरूले आफ्नै पम्पमा डिजेल वा पेट्रोल आवश्यकता परेको खण्डमा आफ्नो पालो कुर्नुपर्ने बाध्यता रहेको एक पेट्रोल पम्पका सञ्चालकले बताए ।

सिन्डिकेटका कारण आपूर्ति गर्ने तेलको गुणस्तरमा समेत शंका लाग्ने गरेको उनले बताए । ‘ट्यांकरचालकहरूले तेलमा चोरी वा मिसावट गर्ने गरेको घटना पटक–पटक सार्वजनिक भएको छ,’ उनले भने, ‘त्यसकारण हामीले आफ्नै ट्यांकरबाट तेल आपूर्ति गर्न सक्दैनाँै । कारण डिपोले नै ट्यांकरमा सिन्डकेट लगाएको छ ।’ 
नेपाल ट्यांकर संघ धनुषाका अध्यक्ष जोगी यादवले पनि डिपोले नै ट्यांकरमा आलोपालो व्यवस्था गरेको बताए । 

डिपो प्रमुख मनोज यादवले सिन्डिकेट नभई आलोपालो सिस्टम लगाएको बताए । साहले भने, ‘यो सिस्टम हामीले लगाएका होइनौँ, ट्यांकरलाई व्यवस्थापन गर्न ट्यांकरचालकहरू आफैँले त्यो सिस्टम लागू गरेका हुन् । र, सिस्टम लागू नगरे सबै ट्यांकरले काम गर्न सक्दैनन्, सबैले काम पाओस् भन्ने उद्देश्यले यो सिस्टम लगाइएको छ ।’