१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १५ बिहीबार
  • Saturday, 29 June, 2024
हदिश खुद्दार जनकपुरधाम
२o७७ माघ १५ बिहीबार o७:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

धनुषामा निर्वाचन कार्यालयले थाल्यो तयारी 

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७७ माघ १५ बिहीबार o७:५o:oo

नेकपा (प्रचण्ड–माधव समूह) र जसपाको विरोध, कांग्रेस नरम

प्रमुख दलहरू प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सडक आन्दोलनमा रहेका वेला जिल्ला निर्वाचन कार्यालय धनुषाले निर्वाचनको तयारी थालेको छ । विघटित संसद् पुनर्स्थापना हुने वा निर्वाचन हुने विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । आयोगको निर्देशनअनुसार निर्वाचनको तयारी थालेको जिल्ला निर्वाचन अधिकारी पुष्पाकुमारी झाले बताइन् । 

गत ५ पुसमा पार्टीको आन्तरिक विवादका कारण काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी ओलीले आगामी १७ र २७ वैशाखमा दुई चरणमा निर्वाचनको मिति तोकेर संसद् विघटनको सिफारिस राष्ट्रपतिसमक्ष गरेका थिए । संसद् विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहसहित विभिन्न राजनीतिक दलहरूले विरोध जनाउँदै आएको अवस्थामा निर्वाचन आयोग चुनावको तयारीमा जुटेको हो । धनुषामा ३२५ मतदानस्थलको सिफारिस गरी निर्वाचन आयोगमा पठाइएको जिल्ला निर्वाचन अधिकारी झाले बताइन् । 

२०७४ को आमनिर्वाचनमा धनुषामा ३२७ मतदान केन्द्र तोकिएको थियो । तर, आगामी निर्वाचनका लागि सखुवा महेन्द्रनगरस्थित सहकारी संस्था लिमिटेडको मतदान केन्द्रलाई सखुवा मावि र धनौजी गाउँपालिकाको पशु उपचार केन्द्रको मदतान केन्द्रलाई बासुदेव मावि केन्द्रमा गाभिएपछि दुईवटा मतदान केन्द्र घटेको झाको भनाइ छ । निर्वाचन तयारीका लागि धनुषाका १८ वटै स्थानीय तहका एक/एकजना सहायक नाम दर्ता अधिकारी तोकी उनीहरूलाई तालिमसमेत दिइसकेकोे उनले बताइन् । १५ माघदेखि मतदाता नामावली अद्यावधिक कार्य सुरु हुने उनको भनाइ छ । ५ पुससम्म जिल्लामा चार लाख ११ हजार १४६ मतदातामध्ये महिलाको मतदाताको संख्या एक लाख ९३ हजार ४८९ रहेको जिल्ला निर्वाचन कार्यालय धनुषाले जनाएको छ । 

निर्वाचन कार्यालयको कार्यक्रम बहिष्कार 
धनुषामा कांग्रेस, नेकपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र राप्रपा गरी विभिन्न १२ वटा राजनीतिक दल क्रियाशील छन् । मंगलबार जिल्ला निर्वाचन कार्यालयले राखेको कार्यक्रम जनता समाजवादी पार्टी र नेकपाका प्रचण्ड–नेपाल समूहले बहिस्कार गरेका छन् । कांग्रेस र जनमत पार्टीका प्रतिनिधि भने कार्यक्रममा सहभागी थिए । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) सम्‍बन्‍धी अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो । दलहरूले विरोध गर्ने भएपछि कार्यक्रमस्थलमा सहभागीभन्दा सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

जनता समाजवादी पार्टी धनुषाका अध्यक्ष पशुपति यादवले गैरसंवैधानिक रूपमा भइरहेको निर्वाचनलाई आफ्नो पार्टीले बहिष्कार गरेको बताए । ‘गैरसंवैधानिक र अलोकतान्त्रिक प्रक्रियाबाट हुन गइरहेको निर्वाचनविरुद्ध हामी आन्दोलनमा छौँ,’ उनले भने, ‘निर्वाचनसम्बन्धी हुने हरेक क्रियाकलाप र कार्यक्रमको हामी विरोध गर्नेछौँ ।’ त्यस्तै, नेकपाका प्रचण्ड–नेपाल समूहका दीपक यादवले पनि निर्वाचनसम्बन्धी कार्यक्रममा आफूहरू सहभागी नहुने तथा निर्वाचनका कार्यलाई अवरोध गरिने बताए । केही दलहरू निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी नभए पनि आफूहरू निर्वाचन आयोगको कार्यतालिकाअनुसार नै कार्यक्रम गर्दै आएको धनुषाका प्रमुख जिल्ला अधिकारी बधुप्रसाद बास्तोलाले जानकारी दिए । 

सुरक्षा निकाय निर्वाचन सुरक्षाको तयारीमा जुटेको छ । प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डिआइजी धीरजप्रताप सिंहले निर्देशनअनुसार निर्वाचनको सुरक्षाको तयारी गरिरहेको बताए । पहिलो चरणमा कुन जिल्लामा कति मतदान केन्द्र राख्ने प्रारम्भिक छनोट भइसकेको उल्लेख गर्दै डिआइजी सिंहले भने, ‘२०७४ को निर्वाचनलाई मुख्य अधार बनाएर मतदानस्थलको छनोटको काम भइरहेको छ । त्यसमै छलफल गरेर संख्या थपघट हुन्छ ।’ २०७४ मा प्रदेश २ मा २१ सय ६६ वटा मतदान केन्द्र तोकिएको थियो । म्यादी प्रहरी भर्नाको विषयमा पनि छलफल भइरहेको र चाँडै विज्ञापन निस्किने सिंहले बताए ।

ad
ad
ad
ad