Skip This
सोमबार दिनभरका मुख्य खबर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार २२:oo:oo
Read Time : > 5 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सोमबार दिनभरका मुख्य खबर

Read Time : > 5 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार २२:oo:oo

सर्वोच्चको मुख्य रजिस्ट्रार निरौलासहित तीनजना मुख्य न्यायाधीशको नियुक्ति 

न्यायपरिषद्ले तीनजना मुख्य न्यायाधीश नियुक्त गरेको छ । परिषद्को आइतबार बसेको बैठकले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वज निरौलासहित तीनजना न्यायाधीशलाई नियुक्त गरेको हो । जसमध्ये दुईजना बहालवाला न्यायाधीश हुन् । ‘नृपध्वज निरौला, प्रकाशचन्द्र गजुरेल र नीता गौतमलाई नियुक्त गरिएको हो,’ परिषद् सदस्य रामबहादुर श्रेष्ठले भने, ‘दुईजना उच्च अदालतमै न्यायाधीशका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँहरूलाई उही अदालतमा मुख्य न्यायाधीश बनाइएको हो ।’

मेक्सिकोका राष्ट्रपतिलाई पनि कोरोना भाइरस संक्रमण 

मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुए लोपेज ओब्राडोरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तर उनलाई सामान्य लक्षण मात्र देखिएको छ । सामाजिक संजालमा एक सन्देश दिँदै ६७ वर्षीय राष्ट्रपति ओब्राडोरले भनेका छन्, ‘म कोभिड–१९ बाट संक्रमित भएको छु । मलाई देखिएका लक्षणहरु सामान्य छन् र मैले औषधि उपचार शुरु गरिसकेको छु ।’ बामपन्थी झुकाव राख्ने राष्ट्रपति ओब्राडोरलाई सार्वजनिक कार्यक्रमहरूमा बिरलै मास्कमा देखिन्छ । उनी महामारीको चरम अवस्थाका दिनहरूमा पनि दिनहुँजसो सार्वजनिक कार्यक्रममा उपस्थित हुने गरेका थिए । उनी देशका विभिन्न भागमा निरन्तर भ्रमण गरिरहेका थिए शुक्रबार मात्रै पनि उत्तर राज्य सान लुइस पोटोसीको भ्रमणमा थिए । राष्ट्रपति ओब्राडोरलाई सन् २०१३ मा हृदयाघात भएको थियो भने उनलाई हाइपरटेन्सनको समस्या पनि छ । यस्ता रोगहरू भएका व्यक्तिलाई कोरोना भाइरस संक्रमण खतरनाक मानिन्छ । 

अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई अनुमति दियो

अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले सोमबार फाइजरको खोप स्वीकृत भएको घोषणा गरेका हुन् । उनले आगामी फेब्रुअरीको अन्त्यदेखि खोप लगाउन थालिने सम्भावना रहेको पनि बताएका छन् । अस्ट्रेलियामा कोभिड– १९ विरुद्धको खोपका लागि थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसन (टिजिए) बाट अनुमति प्राप्त गर्ने फाइजर पहिलो कम्पनी हो । प्रधानमन्त्री मरिसनले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै अस्ट्रेलियाको नियामक निकायले विस्तृत अध्ययनपश्चात् फाइजरको खोपलाई स्वीकृति प्रदान गरेको जानकारी दिए । उनले यो खोप अस्थायी र आकस्मिक नभई पूर्ण खोपका रूपमा अस्ट्रेलियाले स्वीकार गरेको पनि बताए ।

सभामुख अग्नि सापकोटा भन्छन्– कार्यपालिकालाई प्रतिनिधिसभाले सहयोग नै गरेको छ, असहयोग गरेको छैन (भिडियोसहित)

सभामुख अग्नि सापकोटाले कार्यपालिकालाई प्रतिनिधिसभाले अहिलेसम्म सहयोग नै गरेको बताएका छन् । अन्तरपार्टी महिला सञ्जालको ध्यानाकर्षणपत्र बुझ्दै सापकोटाले प्रतिनिधिसभाबाट कार्यपालिकालाई असहयोग नभएको बताएका हुन्।

ब्रान्डेड घडीका साैखिन बाइडेन : शपथग्रहणमा लगाएको घडीको मूल्य आठ लाख 

अमेरिकाका ४६औँ राष्ट्रपति जो बाइडेनलाई अति नै सामान्य जीवनशैली भएका राष्ट्रपतिका रूपमा चित्रित गरिएको छ । तर, आममानिसले बनाएको धारणजस्तै उनको जीवनशैली र लवाइखवाई भने सामान्य छैन । २० जनवरीमा क्यापिटल हिलस्थित शपथग्रहण कार्यक्रममा उनले लगाएको घडीले अहिले विश्वकै ध्यान तानेको छ । शपथग्रहणको प्रत्यक्ष प्रशारण गरिरहेका मिडियाले उनले बायाँ हातमा लगाएको एउटा घडीलाई पटकपटक फोकस गरिरहेका थिए । यो घडी सामान्य थिएन । यो घडीको नाम ‘रोलेक्स डेटजस्ट’ हो । यो घडीमा के छ र मिडियाहरूले यति धेरै फोकस गरे ? यो घडीको मूल्य सात हजार अमेरिकन डलर पर्छ । नेपाली रुपैयाँअनुसार यसको मूल्य सात लाख ९८ हजार पर्छ । यो घडी रोलेक्स स्टेनलेसले बनेको छ । जसको डायल पूरै निलो छ । न्युयोर्क टाइम्सका अनुसार पछिल्लो केही दशकदेखि अमेरिकामा जो–जो राष्ट्रपति भए उनीहरू सबैले यस्तै निकै महँगा घडी लगाउने गरेका छन् । 

राजनीतिक स्थायित्वको पक्षमा २३ माघको जनसभा :  ईश्वर पोखरेल (भिडियोसहित)

उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका सचिवालय सदस्य  ईश्वर पोखरेलले संविधानको रक्षा र राजनीतिक स्थायित्वको पक्षमा जनसभा आयोजना गर्न लागिएको बताएका छन् । ओलीपक्षीय बागमती प्रदेश संगठन कमिटीको आयोजनामा २३ माघमा काठमाडौंमा हुने जनसभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले जनसभा राजनीतिक स्थायित्वको पक्षमा तथा अस्थिरता सिर्जना गर्ने प्रयत्नको विरुद्धमा आयोजना गरिएको बताए । 

बृहत् नागरिक समाजको प्रदर्शनमा प्रहरी हस्तक्षेप, दर्जनौँ अभियन्ता घाइते 

बृहत् नागरिक समाजको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । सुरक्षा घेरा तोडेर अघि बढ्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको छ ।  लाठीचार्ज र पानीको फोहोरा प्रहारबाट  नारायण वाग्ले, मोहना अन्सारी, अरुणदेव जोशी, निर्घ नवीन, संघर्ष दाहाल, स्वर्णिम दिनेशलगायत दर्जनौँ अभियन्ता घाइते भएका छन् । 

प्राकृतिक प्रकोपबाट यो शताब्दीको २० वर्षमा चार लाख ८० हजारको मृत्यु

यो शताब्दीको पहिलो २० वर्षमा भएका मौसमी घटना जोडिएका प्राकृतिक प्रकोपबाट करिब चार लाख ८० हजार मानिसको मृत्यु भएको छ । हालै सार्वजनिक एक मूल्यांकन प्रतिवेदनले जलवायु परिवर्तनले मानवको अस्तित्वमा नै खतरा उत्पन्न गराइरहेको औँल्याएको छ । खासगरी विकासशील मुलुकहरूले सामना गर्नुपरेका आँधी, बाढी र तातो हावाजस्ता जलवायुसँग सम्बन्धित विपतले हरेक वर्ष ठूलो संख्यामा मानिसको मृत्यु हुने क्रम बढेको छ । 

गलत विचारविरुद्ध अहिलेको आन्दोलन : माधव नेपाल 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफूहरूको लडाइँ गलत विचारको विरुद्ध भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा प्रदेश २ का नेता तथा कार्यकर्तासँग सोमबार भेटघाट गर्दै नेपालले आफूहरूको लडाइँ सही विचारको निम्ति र गलत विचारको विरुद्ध रहेको स्पष्ट पारे । पार्टीभित्र पद र कुर्सीको हानाथाप भएको नभई पार्टीलाई विचार, विधि, पद्धति र राम्रो कार्यशैलीमा अघि बढाउनका निम्ति र गलत विचारको विरुद्धको भएको उनले बताए । अध्यक्ष नेपालले प्रतिनिधिसभा भंग हुने आधार नभएको बताए । प्रधानमन्त्री केपी ओलीको चुनाव गराउने इच्छा नभएको भन्दै संकटकाल लगाएर अथवा तानाशाह लादेर भए पनि सत्तामा बसिरहन चाहेको उनले जिकिर गरे । 

चोरीका २४ मोटरसाइकल बरामद गरी सम्बन्धित धनीलाई हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकल बरामद गरी सम्बन्धित सवारीधनीलाई जिम्मा दिएको छ । महाशाखाले पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको विशेष अप्रेसन टोलीले चोरीका मोटरसाइकलको खोजी तीव्र पारेको छ । मोटरसाइकल हराएको उजुरी दिएका दिनेश थापामगर, नवीन गुरुङ, सुरज गिरी, विशाल राई, तीर्थप्रसाद भण्डारी, भरत थापा, अजय तुलाधर, शिवराम ढकाल, मन्दीप राई, ईश्वरी लामिछाने, सर्वज्ञ खड्का, विधान राई, शंकरप्रसाद बारकोटी, जितामित्र सुनार, छिरिङ तामाङ, नारायणप्रसाद राजथला, नर्बु शेर्पा, ममता थापा, केशरबहादुर थापा, श्यामकुमार वकि, धालबहादुर कार्की, थानेश्वर पोखरेल, सुनिता प्याकुरेल र विक्रम महर्जनको मोटरसाइकल खोजी गरी जिम्मा लगाइएको महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । 

बैंकिङ कसुरका प्रतिवादी पक्राउ 

बैंकिङ कसुरका फरार प्रतिवादी भक्तपुर– ५ का ३८ वर्षीय कृष्णलाल ढोलालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका प्रहरी टोलीले उनलाई आइतबार अनामनगरबाट पक्राउ गरेको हो । उनीविरुद्ध उच्च अदालत पाटनले १० लाख रुपैयाँ जरिवानासहित नौ दिन कैद सजायको फैसला गरेको थियो । उनले बैंकको खातामा पर्याप्त रकम छैन भन्ने थाहा पाउँदापाउँदै शुभकुमारी मगरलाई ज्योति विकास बैंक ललितपुर शाखाको चेक काटेर दिएका थिए ।

हुलाकी राजमार्गको दुर्दशा : चार वर्षमा साढे १३ किमि मात्रै कालोपत्रे

कैलाली–कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । कैलालीमा राजमार्गको ट्र्याक खोल्ने काम एक दकशसम्म पूरा भएको छैन भने कञ्चनपुरमा ६२ किलोमिटरमध्ये चार वर्षको अवधिमा साढे १३ किलोमिटर मात्र कालोपत्रे भएको छ । कञ्चनपुरमा राजमार्गको ६२ किलोमिटर सडक तीनवटा खण्डमा छुट्टाछुट्टै ठेक्कामार्फत काम भइरहेको छ । तीनवटै खण्डमा साढे दुई वर्षभित्र कालोपत्रे गर्ने गरी सरकारले ०७३ फागुनमा ठेक्का सम्झौता गरेको थियो । तर, चार वर्ष बित्दा साढे १३ किलोमिटर मात्रै कालोपत्रे भएको आयोजना कार्यालय धनगढीले जनाएको छ । तीनपटक थपिएको म्याद सकिए पनि निर्माण कम्पनीले कामलाई तीव्रता दिन सकेका छैनन् । न समयमै काम सम्पन्न गर्न सरकारले सहजीकरण नै गर्न सकेको छ । 

पौडेल समूहको प्रस्ताव, ‘आन्दोलन र महाधिवेशनको तयारी सँगसँगै गरौँ’ 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा स्पष्ट रूपमा उभिनुपर्ने अडान राखेका छन् । केन्द्रीय कार्यसमितिको बैठकका लागि पौडेल समूहको साझा प्रस्ताव बनाउन सोमबार भएको छलफलमा पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनालाई मुख्य एजेन्डा बनाएर थप आन्दोलनका कार्यक्रमको घोषणा गर्नुपर्ने बताएका हुन् । कांग्रेस कार्यसमिति बैठक मंगलबार बस्दै छ । महाराजगन्जस्थित महामन्त्री डा. शशांक कोइरालाको निवासमा भएको छलफलले वडास्तरसम्मका आन्दोलनका कार्यक्रमले कार्यकर्तामा जागरण आएको भन्दै अब थप शक्ति प्रदर्शनसहितका विरोध सभाहरू गर्नुपर्ने प्रस्ताव तय गरेको छ । 

१६ डिएसपीको एसपी बढुवामा सिफारिस 

नेपाल प्रहरीका १६ नायब उपरीक्षक (डिएसपी)को प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस भएको छ । प्रहरी महानिरीक्षक अध्यक्षताको बढुवा सिफारिस समितिले सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरूमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदम विष्ट, सुवासचन्द्र बोहरा छन् । त्यस्तै, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्रबहादुर शाही र राजेन्द्रबाबु रेग्मी बढुवा सिफारिसमा परेका छन् ।

तनाव घटाउने चार शारीरिक व्यायाम

प्रत्येक व्यक्तिले दैनिक जीवनमा कुनै न कुनै तनाव भोगिरहेको हुन्छ । दैनिक कार्य गर्दा सामान्य तनाव झेल्नु मानव स्वभावभित्रकै विषय हुन् । तर, कहिलेकाहीँ सामान्यतया दैनिक जीवनमा आइपर्ने समस्या र तनावले शरीरमा गम्भीर असर पर्न पनि सक्छ । समयमै यस्ता तनाव व्यवस्थापन नगर्ने हो भने मानसिक समस्याको कारक पनि बन्न सक्छ । दैनिक जीवनमा आइपर्ने यस्ता तनाव व्यवस्थापन गर्ने केही शारीरिक व्यायामका विषयमा यहाँ प्रस्तुत गरिएको छ । 

ad
ad