१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस/सिन्ह्वा बेइजिङ
२०७७ माघ ११ आइतबार १३:०७:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम बढ्यो

Read Time : > 1 मिनेट
रासस/सिन्ह्वा बेइजिङ
२०७७ माघ ११ आइतबार १३:०७:००

चीनमा कोरोना भाइरसका नयाँ संक्रमितहरू भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । चीनभित्रै पनि संक्रमणका नयाँ केसहरू देखिएको ती अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार शनिबार मात्र चीनमा कोरोना भाइरसका ८० जना नयाँ संक्रमित देखिएका हुन् ।
 
तीमध्ये ६५ जना स्वदेशमै रहेका व्यक्ति भएको अधिकारीले जानकारी दिएका छन् । त्यस्तै अरू १५ वटा नयाँ केस बाहिरबाट आएकामा पुष्टि भएको हो । चीनको नेसनल हेल्थ कमिसनले शनिबार दिएको जानकारीअनुसार चीनमा शनिबार मात्र ८० जना नयाँ संक्रमित भेटिएका र तीमध्ये ६५ जना चीनभित्रैका नागरिकमा पाइएको हो ।
 
स्थानीय नागरिकबाटै ती ६५ जना संक्रमित भएको समाचारमा जनाइएको छ । सोही कारणले चीनले पछिल्लो समय कोरोना परीक्षणलाई तीव्रता दिएको छ । चीनले कोरोना निको भएका नागरिकको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो कदम सुरु गरेको जनाएको छ ।
 
शनिबार भेटिएका स्वदेशी संक्रमितमध्ये उत्तरी चीनको हुबे प्रान्तका धेरै नागरिक छन् । यसबाट सो क्षेत्रमा पछिल्लो समय स्थानीय स्तरमा कोरोना संक्रमण बढेको पुष्टि भएको छ । चीनका हेलिङजाङ, हेइबेईलगायतका स्थानमा पनि नयाँ संक्रमित भेटिन थालेको बताइएको छ । सोही कारण चीनले विशेषगरी ती क्षेत्रमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने थालेको हो । 

बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले कोरोना भाइरसको संक्रमण सुरु भएदेखि केही सातायता धेरै जनाको ज्यान जान थालेको बताएका छन् । उनीहरूले बेलायतमा कोरोना भाइरसको नयाँ प्रजातिका संक्रमित पनि झन् बढ्न थालेको र यसबाट धेरै नागरिकको ज्यान जाने गरेको बताउने गरेका छन् । बेलायतबाटै सुरु भएको भनिएको कोरोनाको नयाँ स्वरूपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ ।