Skip This
चार वर्षपछि घरेलु  मैदानमा लिभरपुरको हार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १० शनिबार
  • Saturday, 27 July, 2024
एजेन्सी लन्डन
२o७७ माघ १० शनिबार o७:११:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चार वर्षपछि घरेलु  मैदानमा लिभरपुरको हार

Read Time : > 1 मिनेट
एजेन्सी लन्डन
नयाँ पत्रिका लन्डन
२o७७ माघ १० शनिबार o७:११:oo

सन् २०१७ को अप्रिलपछि लिभरपुल घरेलु मैदान एन्डफिल्डमा बर्नलीसँग १–० ले पराजित 

इंग्लिस प्रिमियर लिग (इपिएल)को साविक विजेता लिभरपुल घरेलु मैदानमा ६८औँ खेलमा हारको सामना गरेको छ । इपिएलअन्तर्गत बिहीबार लिभरपुलले बर्नलीसँग प्रतिस्पर्धा गर्दा १–० ले पराजित भयो । यस हारसँगै लिभरपुलको २०१७ अप्रिलदेखि एन्डफिल्डमा राखेको अपराजित यात्रामाथि पूर्णविराम लागेको छ । बर्नलीले लिभरपुलमाथि सन् १९७४ पछि जित निकालेको हो । खेलको ८३औँ मिनेटमा बर्नलीले एक मात्र विवादास्पद पेनाल्टी गोल गरेको थियो । 

चार वर्षअघि एन्डफिल्डमा क्रिस्टिल प्यालेसले लिभरपुललाई हराएको थियो । त्यसयता लिभरपुल पराजित भएको बर्नलीसँगको खेलमै हो । लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले बर्नलीसँगको हार नतिजा कल्पना नगरेको बताएका छन् । ‘यो असम्भव हार थियो,’ खेलपछि आयोजित पोस्ट म्याचकन्फरेन्समा क्लोपले भने, ‘हामीले जुन खेल आज गुमाएका छौँ, त्यो कदापि असम्भव नै थियो ।’ लिग तालिकामा बर्नली १९ अंकका साथ १६औँ स्थानमा उक्लेको । लिभरपुल चौथो स्थानमा रहँदा ३४ अंक रह्यो ।

शीर्ष स्थानमा म्यानचेस्टर युनाइटेडले ४० अंक जोडेको छ । म्यानचेस्टर सिटीले युनाइेटडलाई पछ्याउने क्रममा ३८ अंक जोडेको छ । सिटी दोस्रो स्थानमा छ । लेस्टर ३८ अंकका साथ तेस्रो स्थानमा छ । लिभरपुलका प्रशिक्षक क्लोपले हारको जिम्मेवारी लिएका छन् । खेलाडीलाई पर्याप्त जितको आत्मविश्वास दिलाउन नसक्दा र सही मार्ग दर्शन दिन नसक्दा नै पराजित भएको उनी मन्छन् । 

‘हामीले बल पोसेसन धेरै बनायौँ, केही समयमा गोल अवसर पनि निकाल्यौँ तर सही समयम निर्णय गर्न चुक्यौँ,’ खेलको समीक्षा गर्दै उनले भने, ‘यो गत साताको खेलमा जस्तै रह्यो, मलाई लाग्छ, अहिले टोलीमा केही खराब भइरहेको छ, हामी यस पक्षमा छलफल र मिहिनेत गछौँ ।’ 

क्लोपले जब–जब लिभरपुर पराजित हुन्छ, त्यसवेला सबै गल्ती एक प्रशिक्षकले लिनुपर्ने हुने बताएका छन् । भन्छन्, ‘मलाई अझै पनि विश्वास लागेको छैन, हामी कसरी हा¥यौँ, वास्तविकमा लिभरपुल पराजित भइसकेको छ, सबैका गल्तीका कारण भएको हो, जबसम्म एक प्रशिक्षकले खेलाडीलाई राम्रो ज्ञान दिन सक्दैनन्, त्यसवेला यस्तै नतिजा आउने गर्छ ।’