गजेन्द्र नारायणसिंह अस्पतालमा ४ माघमा १८ वर्षीया किशोरीको उपचारका क्रममा ज्यान गयो । अस्पतालमा त एउटा अर्को मृत्यु थियो, तर सप्तरीको राजविराज नगरपालिका–२ चनौराको एक घर भने रित्तिएको छ, त्यो पनि एचआइभी-एड्सका कारण । सप्तरीको राजविराज नगरपालिका–२ मा एचआइभी संक्रमणबाट एउटै परिवारको तेस्रो व्यक्तिको मृत्यु भएको हो । आमा, बुबा र दिदी गुमाएपछि १२ वर्षीय बालक बिचल्लीमा परेका छन् । स्कुल छोडेर मजदुरी गर्दै आएका उनी अब झन् समस्या परेको बताउँछन् । ‘मलाई पनि संक्रमण छ, हरेक दिन औषधि खानुपर्छ,’ १२ वर्षीय बालकले भने, ‘डाक्टरले पौष्टिक आहार खानु भन्छन्, हामीसँग केही छैन ।’
भारत सरकारले दिएको १० लाख डोज खोप भोलि नेपाल आइपुग्ने (भिडियोसहित)
भारतले नेपाल सरकारलाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा द्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।
नयाँ स्वरूपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
कोरोनाको नयाँ स्वरूपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले यो संक्रमण विश्वका ६० देशमा पुगिसकेको दाबी गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो सातामा मात्रै विश्वका १० देशमा पुगेको हो । संगठनले महामारीको नयाँ स्वरूप दिन प्रतिदिन नयाँ–नयाँ देशमा पुगिरहेको जनाएको छ । विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ संक्रमण पनि बढ्दो रूपमा विश्वमा बढ्दै गएको बताइएको छ । संगठनका अनुसार पछिल्लो एक सातामा मात्र कोरोना संक्रमणबाट करिब ९३ हजार जनाको ज्यान गएको छ ।
सबै प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोक्ने निर्वाचन आयोगको निर्णय
निर्वाचन आयोगले सबै प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ । आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गरेर स्थानीयस्तरमा मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम, निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देशको सम्प्रेषणलगायतका काम गर्न र आयोगबाट तोकिएका आवश्यक सहयोग र समन्वयका लागि निर्वाचन आयोगले सबै प्रदेश र स्थानीय तहमा एक–एकजना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको जानकारी दिएको हो । आयोगले विज्ञप्तिमा भनेको छ, ‘सबै प्रदेशमा निर्वाचनसम्बन्धी विषयमा आवश्यक समन्वय गर्न सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव वा सोसरहका एकजना कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी आयोगमा जानकारी गराउने व्यवस्थाका लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र स्थानीय तहमा शिक्षा तथा सामाजिक विषयसँग सम्बन्धित शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी आयोगमा जानकारी गराउने व्यवस्थाका लागि नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरिएको छ।’
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्राविधिक पक्षको जटिलताका कारण तोकिएको मितिमा निर्वाचन हुन गाह्रो रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल विषयक अन्तरक्रिया कार्यक्रममा पोखरेलले प्राविधिक पक्षको जटिलताको कारण वैशाखमा निर्वाचन हुन गाह्रो रहेको बताएका हुन् ।
कार्यकाल सकिनै लाग्दा राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनै लाग्दा ७३ जनाको सजाय माफ गरेका छन् । सजाय माफ गरिएकामा ट्रम्पका पूर्वसल्लाहकार स्टिभ ब्यानन पनि छन् । ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पले ७३ जनाको सजाय माफ गर्नुका साथै अरू ७० जनाको सजाय कटौती गरेका छन् ।’ ब्याननमाथि मेक्सिको–अमेरिका सीमामा पर्खाल लगाउन भन्दै आमसर्वसाधारणसँग पैसा उठाएर दुरुपयोग गरेको आरोप लागेको थियो । मेक्सिको सीमामा पर्खाल लगाउने अभियान राष्ट्रपति ट्रम्पको पनि मुख्य चुनावी अभियान र नीति हो ।
अमेरिकाका फर्स्ट लेडी : कोही राष्ट्रपतिलाई नै ओझेल पार्ने, कोही राष्ट्रपतिको परिचारिकाजस्तो
२० जनवरी अर्थात् आज बुधबार राति जो बाइडेनले ४६औँ अमेरिकन राष्ट्रपतिका रूपमा क्यापिटल हिलमा शपथग्रहण गर्नेछन् । शपथग्रहणसँगै डेमोक्रेटिक पार्टीका बाइडेनले चार वर्ष विश्वकै शक्तिशाली व्यक्तित्वका रूपमा कार्यभार सम्हाल्नेछन् । बाइडेनको शपथग्रहणसँगै उनकी श्रीमती जिल बाइडेनले पनि विशेष पद पाउनेछिन् । विश्वले उनलाई फर्स्ट लेडी (पहिलो महिला) भनी सम्बोधन गर्नेछ । फर्स्ट लेडीको परम्परा अमेरिकामा सन् १७५९ देखि नै चलेको हो । यही क्रममा बुधबारदेखि जेलीले पनि पछ्याउनेछिन् । बाइडेन ह्वाइटहाउसमा दैनिक प्रशासनिक कार्यमा व्यस्त रहँदा जेली फर्स्ट लेडीकै भूमिकामा व्यस्त हुनेछिन् । तर, जेलीले फस्र्ट लेडीभन्दा पनि शिक्षण पेसालाई नै निरन्तरता दिने बताइसकेकी छिन् । ह्वाइटहाउसबाट बाहिर आएर काम गर्ने फर्स्ट लेडीकी रूपमा उनले इतिहास बनाउने पक्का छ ।
अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेनसँग सम्बन्धित १० रोचक पक्ष
विश्वकै सबैभन्दा पुरानो लोकतन्त्र भएको राष्ट्र अमेरिकाको ४६औँ राष्ट्रपतिका रूपमा जो बाइडेनले बुधबार राति (नेपाली समयअनुसार १०ः४५ बजे) क्यापिटल हिलमा शपथ लिनेछन् । उमेरका हिसाबले अमेरिकी राष्ट्रपति इतिहासमा उनी सबैभन्दा वृद्ध हुन् । उनी ७८ वर्ष दुई महिनाका भए । यस्तै, उनी तेस्रो प्रयासमा राष्ट्रपति बन्न सफल भएका हुन् । सन् १९८७ र २००८ मा उनले राष्ट्रपति पदमा उम्मेदवारी दिएका थिए । त्यसवेला आवश्यक समर्थन प्राप्त गर्न नसक्दा उनको उम्मेदवारी फिर्ता भयो । बाराक ओबामा दुईपटक राष्ट्रपति बन्दा भने बाइडेन दुवैपटक उपराष्ट्रपति बनेका थिए । ओबामाले बाइडेनको प्रशंसा गरी भनेका थिए, ‘बाइडेन अमेरिकाका उत्कृष्ट उपराष्ट्रपति हुन् ।’
कांग्रेस नेता गगन थापाले भोलि कुनै प्रधानमन्त्रीले शतप्रतिशत सांसद आफ्नै चाहियो भनेर संसद् विघटन गरिदिए के गर्ने भन्ने प्रश्न गरेका छन् । बुधबार काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल विषयक अन्तरक्रिया कार्यक्रममा थापाले असंवैधानिक कदम सच्चिनुपर्ने बताए ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली एन्ड कम्पनीलाई गलामा गम्छा लगाएर सत्ता र शक्तिबाट ननिकालेसम्म लोकतन्त्रको रक्षा हुन नसक्ने बताएका छन् । ओली नेतृत्वको सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत बुधबार राजविराजमा आयोजित विरोध सभामा यादवले ओलीमा अहंकार बढेको बताए । उनले भने, ‘केपी ओलीको चिन्तन र सोचमा अहंकार भरिएको छ । मैले जे गरे पनि हुन्छ भन्ने दम्भ छ ।’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले भने, ‘जनताको विरुद्धमा जाने नेपालमा बढेबढे राजा महराजा आए र गए, संविधानका विरुद्ध जाने केपी ओली कुन खेतको मूली हो ।’
सिरियामा माइनस २० डिग्री चिसो हिउँमाथि नेपाली सेनाको गस्ती
संयुक्त राष्ट्र संघअन्तर्गत कार्यरत नेपाली शान्ति सैनिक मध्यपूर्वी सिरियाको अति संवेदनशील माउन्ट हर्मनको २० फिटको हिउँ र माइनस २० डिग्री सेन्टिग्रेडको चिसो ठाउँमा नियमित गस्ती गरिरहेका छन् । उक्त क्षेत्रको स्वामित्वको विषयलाई लिएर ४६ वर्षदेखि सिरिया र इजरायलबीच विवाद कायम छ । विवादले द्वन्द्वको रूप लिने गरेका कारण शान्ति सैनिक तैनाथ छन् । नेपाली सेनाका अनुसार यो क्षेत्र विश्वको सबैभन्दा अग्लो स्थान हो जहाँ शान्ति सैनिक तैनाथ छ । सो क्षेत्रमा अहिले पनि ठूलो संख्यामा विद्युतीय धरापहरू छन् भने द्वन्द्वरत सशस्त्र समूहहरूको चलखेल पनि त्यहाँ बढी नै हुने गरेको छ ।