१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
एजेन्सी नयाँ दिल्ली
२०७७ माघ ३ शनिबार १३:२१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७७ माघ ३ शनिबार १३:२१:००

भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको राष्ट्रिय खोप अभियान सुरु भएको छ । शनिवार विहान साढे १० बजे भारतका प्रधानमन्त्रीले भिडियो शन्देशमार्फत अभियानको सुभारम्भ गरेका हुन् । 

खोप अभियान सुरु हुनुअघि नै देशभरका निर्धारित सबै स्थानमा खोप पुगिसकेको थियो । सरकारले बनाएको मापदण्ड अनुसार पहिलो चरणमा करिब तीन कारोड फ्रन्ट लाइनरहरूलाई खोप दिइने छ । खोप अभियानको पहिलो दिनमै करिब तीन लाख स्वास्थ्यकर्मीलाई दिइने सरकारको योजना छ । यो अभियनालाई भारत सरकारले संसारकै सबैभन्दा ठूलो खोप अभियान भन्दै प्रचार गरेको छ । केन्द्र सरकार र प्रदेश सरकारहरूले खोप अभियानका लागि तीन हजार ६ खोप केन्द्र स्थापना गरेका छन् ।

भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले केन्द्र सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय परिसरमा रहेको विशेष कोभिड–१९ कक्षको अनुगमन गरेका छन् । सो क्रममा उनले चरणबद्ध रुपमा सबै प्राथमिकता समूहमा रहेका व्यक्तिले निःशुल्क खोप पाउने प्रतिबद्धता जनाए । उनले सो क्रममा सीरम इन्स्टिच्यूडद्वारा निर्माण गरिएको कोरोना भाइरसविरुद्धको कोविशिल्ड भ्याक्सिन र भारत बायोटेकद्वारा विकास गरेको कोभ्याक्सिन दुबै सुरक्षित रहेको पनि दोहोर्याए । यसकारण यी दुवै खोप महामारी रोक्न सफल हुने विश्वास व्यक्त गरे ।