मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २८ मंगलबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष २८ मंगलबार २२:oo:oo
Read Time : > 5 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मंगलबार दिनभरका मुख्य खबर

Read Time : > 5 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष २८ मंगलबार २२:oo:oo

गौरिका र मन्डेकाजी वर्ष उत्कृष्ट खेलाडी

पौडीकी गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष उत्कृष्ट खेलाडी बनेका छन् । गौरिकाले महिला तथा मन्डेकाजीले पुरुषतर्फ पल्सर वर्षका उत्कृष्ट अवार्ड जित्न सफल भएका हुन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको स्पोर्टस् अवार्ड कार्यक्रममा गौरिकाले आफ्नो विधामा अवार्ड जित्दा तेक्वान्दोकी आयशा शाक्य, करातेकी अनु अधिकारी, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पारिन् । पौडीवाज गौरिकाले गत वर्ष घरेलु भूमिमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा चारवटा स्वर्ण पदक जित्दै इतिहास रचेकी थिइन् । उनले १३औँ सागमा फ्रिस्टाइल तथा दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । उनले अहिलेसम्म चार स्वर्ण, दुई रजत र दुई कांस्य गरी कुल आठ पदक जितेकी थिइन् । यस्तै, उनले आठौँ राष्ट्रिय खेलकुदमा पनि सहभागी १२ वटै स्पर्धामा स्वर्ण पदक जितेकी थिइन् ।

प्रतिनिधिसभा पुनर्स्थापना नभए निर्वाचनपछि कांग्रेस महाधिवेशन : विमलेन्द्र निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा पुनर्स्थापना नभए पार्टीको १४औँ महाधिवेशन निर्वाचनपछि हुने बताएका छन् । प्रेस युनियन धनुषाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले पुनर्स्थापना  भएको अवस्थामा भने महाधिवेशन पहिला हुने बताए । पार्टीभित्र दुई किसिमको विचार आइरहेको विषयमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका निधिले भने, ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, यसमा पार्टीभित्रै फरक–फरक विचार हुन सक्छ । तर, पार्टीले जुन निर्णय गर्छ, त्यो नै पार्टीको आधिकारिक निर्णय हुन्छ ।’ 

केपी ओलीले पार्टीको नामबाट कम्युनिस्ट हटाउने प्रस्ताव गरेका थिए : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले विगतमा पार्टीको नामबाट कम्युनिस्ट हटाउन प्रस्ताव गरेको बताएका छन् । मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीमा कम्युनिस्ट चरित्र नभएको र आफू महासचिव हुँदा ओलीले पार्टीको नामबाट कम्युनिस्ट हटाउने प्रस्ताव गरेको उनको भनाइ छ । कुनै दिन प्रधानमन्त्री ओलीले कम्युनिस्ट त्यागेको घोषणा गरेको सुन्नुपर्ने अवस्था आउन सक्ने उनले टिप्पणी गरे । ‘उहाँ कम्युनिस्ट चरित्र भएको व्यक्ति होइन । उहाँले म महासचिव हुँदा पार्टीको नामबाट कम्युनिस्ट शब्द हटाउन प्रस्ताव गर्नुभएको थियो । मैले त्यसलाई अस्वीकार गरेको हो । कुनै दिन उहाँले कम्युनिस्ट त्यागेको घोषणा गर्न सक्नुहुन्छ । त्यो दिन आयो भनेपनि अचम्म मान्नुपर्दैन,’ उनले भने । 

जबज माधव नेपालले होइन केपी ओलीले छोडेका हुन् : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बहुदलीय जनवाद (जबज) माधवकुमार नेपालले नभई प्रधानमन्त्री केपी ओलीले नै छोडेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टी एकता गर्दा तत्कालीन माओवादी केन्द्रको २१औँ शताब्दीको जनवाद र तत्कालीन एमालेको जनताको बहुदलीय जनवादलाई संश्लेषण गर्ने वेला माधव नेपालले कार्यक्रमको रूपमा भए पनि बहुदलीय जनवादलाई राख्नुपर्ने अडान राखेको उनले स्मरण गरे । तर, प्रधानमन्त्री ओलीले आफूसँग जबज हटाउन सहमत भएर हस्ताक्षर गरेको प्रचण्डको भनाइ छ । 

शंकर पोखरेल भन्छन्– जनताले चुनेको ओलीलाई छोडेर अर्कैलाई प्रधानमन्त्री बनाउन खोजेपछि प्रतिनिधिसभा विघटन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीले बाध्य भएर प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । जनताले पाँच वर्षका लागि चुनेको प्रधानमन्त्री छोडेर अर्कैलाई प्रधानमन्त्री बनाउन खोजेकाले निर्वाचनका लागि जनतासमक्ष जानुपरेको उनले बताए । 

जोखिम भत्ता नपाएपछि आकस्मिकबाहेकका सेवा बन्द गरेर बाराका स्वास्थ्यकर्मी आन्दोलित

सरकारले कोभिड– १९ को महामारीको समयमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र चिकित्सकलाई जोखिम भत्ता दिने निर्णय गरे पनि अधिकांशले हालसम्म भत्ता नपाएको बताएका छन् । विगत लामो समयदेखिको कलैया अस्पतालमा खटिने कुनै स्वास्थ्यकर्मी र चिकित्सकले अस्पताल प्रशासनको आलटाल र लापरबाही कारण जोखिम भता हालसम्म नपाएको बताएका हुन् । 

ट्रम्पले क्युवालाई ‘आतंकवादलाई सहयोग गर्ने देश’को सूचीमा पुनः राखे 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवालाई ‘आतंकवादलाई सहयोग गर्ने देश’को सूचीमा पुनः समावेश गरेका छन् । यसअघि पूर्वराष्ट्रपति बाराक ओबामाले यो सूचीबाट क्युवालाई हटाएका थिए । ट्रम्पको यो निर्णय नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता सम्हाल्ने केही दिनअघि मात्रै आएको हो । बाइडेनले २० जनवरीमा राष्ट्रपतिको शपथग्रहण गर्दै छन् । अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओले अमेरिकी सरकारले सधैँ क्यास्ट्रो सरकारप्रति आतंकवादलाई सहयोग नगर्न ध्यानाकर्षण गरेको बताए । उनले भने, ‘तर क्युवाले अन्तर्राष्ट्रिय आतंकवादलाई पटक–पटक सहयोग गर्दै आइरहेको छ । यसकारण अमेरिकाले यो सूचीमा पुनः राखेको हो ।’ अमेरिकाको यो कदमले क्युवालाई जिम्मेवार बन्न सहयोग पुग्ने पोम्पिओको भनाइ छ । साथै क्यास्ट्रो शासनले अन्तर्राष्ट्रिय आतंकवादलाई सहयोग नगर्ने र अमेरिकी न्याय व्यवस्थालाई क्षति नपुऱ्याउने अपेक्षा गरेको उनले बताए । 

वुहानका कोरोना संक्रमितमा निको भएको ६ महिनापछिसम्म असर : अध्ययन

कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि अस्पताल भर्ना भएका धेरै बिरामीले अझै पनि अनेक समस्या व्यहोर्नुपरेको बताएका छन् । उनीहरूले थकान महसुस हुनु, निद्रा नलाग्नेजस्ता समस्या हुने गरेको बताएका छन् । यस्ता समस्या कोरोना संक्रमण निको भएको ६ महिनापछिसम्म पनि देखिएको एक अध्ययनले देखाएको छ । यो अध्ययन कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको वुहान सहरमा गरिएको हो । कोरोना भाइरस संक्रमण देखिएको र निको भएर घर फर्किएका १७ सय बिरामीमा गरिएको अनुसन्धानमा ७६ प्रतिशतले निको भएको महिनौँसम्म पनि विभिन्न स्वास्थ्य समस्या देखिएको जवाफ दिएका छन् ।

हतास भएकाहरूले आफूविरुद्ध अविश्वास दर्ता गराए : मुख्यमन्त्री राई 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले केन्द्रमा असफल भएपछि हतास मानसिकताले हतारमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको बताएका छन् । मंगलबार विराटनगरमा प्रदेशस्तरीय बालअधिकार भेलामा बोल्दै मुख्यमन्त्री राईले आफूले काम गर्न नसकेर हाेइन आरिस गर्नेहरूले, आफूलाई असफल बनाउनेहरूले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको बताएका हुन् । मुख्यमन्त्री राईले भने, ‘मुख्यमन्त्री अयोग्य र नालायक भयो, काम गर्न सकेन भनेर हाेइन, रामो गरेको देख्न नसक्नेहरूले आफ्नो गल्ती–कमजोरी ढाकछोप गर्न हतारमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।’   

जापानमा हिउँमा परेर १३ जनाको मृत्यु, सयौँ घाइते

जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरूले जनाएका छन् । जापानी अग्नि तथा विपत् व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर दुई सय ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमले फुकुई प्रिफेक्चरमा ६० र ८० को आसपास उमेरका तीन व्यक्तिको मृत्यु भएको जनाएका छन् । हिउँसँग सम्बन्धित दुर्घटनामा यहाँ ४७ जना घाइते भएका छन् । यस्तै, निगाता प्रिफेक्चरमा पनि हिउँ फाल्ने क्रममा चारजनाको मृत्यु भएको छ । हिमपातले सर्वाधिक प्रभाव परेका तीनवटा प्रिफेक्चरमा उद्धार र सहायताका लागि जापानी सेनालाई पनि परिचालन गरिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग प्रस्ताव पेस
बाइडेनको शपथग्रहणअघि नै ट्रम्पलाई हटाउने तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दोस्रोपटक महाअभियोग प्रस्ताव पेस भएको छ । अमेरिकी इतिहासमा एउटै राष्ट्रपतिमाथि दुईपटकसम्म महाअभियोग लागेको यो पहिलोपटक हो । डेमोक्रेटिक पार्टीले तल्लो सदन हाउस अफ रिपे्रजेन्टेटिभ्समा सोमबार बिहान राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग दर्ता गरेको द गार्डियनले जनाएको छ । ३ नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनको परिणामलाई आधिकारिक दिन ७ जनवरीमा क्यापिटल हिलमा बसेको बैठकमा ट्रम्पसमर्थकले आक्रमण गरेका थिए । ‘भोट चोरी गरेको’ आरोप लगाउँदै ट्रम्पसमर्थकले बैठक बसिरहेका ठाउँमा तोडफोड गरेका थिए । 

नयाँ पाठ्यक्रम प्रारूपविरुद्धको रिट सर्वोच्चद्वारा खारेज, कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउन बाटो खुल्यो

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । मंगलबार सर्वोच्च अदालतले रिट खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो । प्रारूपअनुसार पाठ्यक्रम बनेर कार्यान्वयनमा गएको आठ महिनापछि अधिकार क्षेत्रको विषयमा प्रश्न उठाएर अदालतमा रिट परेको थियो । 

मोदी सरकारले ल्याएको कृषि कानुन अर्को आदेश नआएसम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश

भारतीय सर्वोच्च अदालतले तीनवटै कृषि कानुन कार्यान्वयन नगर्न आदेश दिएको छ । अदालतद्वारा सरकारका नाममा मंगलबार जारी आदेशअनुसार अर्को आदेश नआएसम्मका लागि तीनैवटा कानुन कार्यान्वयन नगर्नु भनिएको छ । यसका साथै ४६ दिनदेखि धर्ना ताथा आन्दोलनरत किसानसँग कुराकानी गर्न अदालतले चार सदस्यीय समिति गठन गरेको छ । सर्वोच्चका मुख्य न्यायाधीश एसए बोबडेले भने, ‘अर्को आदेशसम्मका लागि तीनवटै कृषि कानुनमाथि रोक लगाइएको छ ।’ बोबडेसहित तीन न्यायाधीशको संयुक्त इजलासले यो मुद्दाको सुनुवाइ गरिरहेको छ । 

चीनबाट ल्याएको ६ करोडको पिसिआर परीक्षण किट खेर जाँदै

कोरोना भाइरसको परीक्षणका लागि नेपाली सेनाले चीनबाट जिटुजीमार्फत खरिद गरेको ६ करोडको आरटी–पिसिआर परीक्षण किट खेर जाने अवस्थामा पुगेको छ । अहिलेसम्म प्रयोगमा नआएको किट अब कोरोना परीक्षणमा एन्टिजेनको प्रयोग हुन थालेपछि गोदाममै थन्किने भएको हो । कोरोना परीक्षणका लागि ओम्नीले ल्याएका परीक्षण सामग्रीमा अनियमितता भएपछि सरकारले सेनालाई जिम्मा दिएको थियो । सेनाले कोरोना भाइरस संक्रमित पत्ता लगाउन प्रयोग गरिने आरटी–पिसिआर परीक्षणका पिसिआर किट, भिटिएम र आरएनए एक्स्ट्रयाक्सन किट ल्याएको थियो । चीनबाट असारमा ६ करोडमा ती सामग्री खरिद गरिएको थियो । यसकारण आएन किट प्रयोगमा...

एक सय पाँच वर्षीया वृद्धालाई नागरिकता

दोलखाको मेलुङ गाउँपालिका–३ घ्याङकी एक सय पाँच वर्षीया वृद्धाले नागरिकता लिएकी छिन् । एक सय पाँच वर्षीया दुर्गमाया कार्कीलाई नागरिकता दिलाउन सिफारिस र कागजपत्र बोकेर मेलुङ– ३ घ्याङका वडाध्यक्ष हिरा थोकरसहित उनको माइती पक्ष मंगलबार बिहान जिल्ला प्रशासन कार्यालय पुगेको थियो । कागजात सबै जुटेपछि केहीबेरमै बनेको नागरिकता प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद सिवाकोटीले कार्कीलाई हस्तान्तरण गरे । नागरिकतामा कार्कीको जन्ममिति वि.सं. १९७२ भदौ १८ कायम भएको सिवाकोटीले जानकारी दिए । 

द्वन्द्वले विस्थापित कंगोली जनताको वासस्थान निर्माणमा जुट्दै नेपाली सेना 

अफ्रिकी राष्ट्र कंगोमा तैनाथ नेपाली सेनाको इन्जिनियर कम्पनीले ठूलो संख्यामा विस्थापित भएका द्वन्द्वपीडितहरूका लागि छोटो अवधिमा सुरक्षित आवासको निर्माण गरेका छन् । सुरक्षित आवाज निर्माण गरेर पीडितहरूको चुनौतीपूर्ण व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सेनाले जनाएको छ । कंगोमा तैनाथ नेपाली सेनाको इन्जिनियर गुल्मले सात हेक्टर जमिनमा बाटो निर्माण, सम्याउनेलगायतका कार्य गरी वासस्थान निर्माणमा योगदान गरेको हो । दिजुगु क्षेत्रबाट विस्थापित भएका २० हजार स्थानीय जनतालाई बुनियास्थित मुजिपेला क्षेत्रमा विभिन्न संरचनासहितको वासस्थान निर्माण गरेको थियो ।