१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २८ मंगलबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष २८ मंगलबार २१:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय व्यवस्थाको भण्डाफोर गर्दै मार्क्सवादी सांस्कृतिक मोर्चा सडक आन्दोलनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष २८ मंगलबार २१:२७:oo

मार्क्सवादी सांस्कृतिक मोर्चा, नेपालले राजनीतिक प्रतिगमनका विरुद्ध संसदीय व्यवस्थाको भण्डाफोर गर्दै प्रतिरोध सांस्कृतिक अभियान सुरु गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा साहित्यकार, कलाकार र संस्कृतिकर्मीहरूको उपस्थितिमा कविता, सांस्कृतिक अभियानका नारा लेखिएका ब्यानर र प्लेकार्डसहित सडकमा उत्रिएका हुन् । सडकबाट उनीहरूले सामूहिक स्वरमा अग्रगामी राज्य व्यवस्था स्थापनाका लागि समाजवादी यथार्थवादी धाराका संस्कृतिकर्मीहरू सङ्घर्षमा डट्न आह्वान गरे । 

‘राजनीतिक प्रतिगमनका विरुद्ध अग्रगमनका पक्षमा प्रतिरोध सांस्कृतिक अभियान’ भन्ने नाराका साथ माक्र्सवादी सांस्कृतिक मोर्चा सडकमा आएको हो । जनवादी तथा वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्ने राजनीतिक उद्देश्य बोकेका समाजवादी यथार्थवाद तथा सर्वहारा सांस्कृतिक क्रान्तिलाई प्रस्थान बिन्दु मान्ने संस्कृतिकर्मीहरूको नयाँ मोर्चा सङ्गठन स्थापना गरेसँगै पहिलोपटक सडक अभियानमा आएको हो । 

कार्यक्रमका एक मात्र वक्ता वरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईंले संघीयताविरोधी, समानुपातिक प्रतिनिधित्व र गणतन्त्रविरोधी देशी–विदेशी शक्तिहरूको साँठगाँठको परिणाम आजको प्रतिगमन भएको बताए । उनले भने, ‘यो धेरै गम्भीर विषय हो । जबसम्म शासकहरूको बीचमा साँठगाँठ हुने, देशी–विदेशी शक्तिहरूले देशलाई शोषण गर्ने र शासन गर्ने षड्यन्त्र गरिरहन्छ त्यतिखेरसम्म हामीले यी कुराहरू बारम्बार भोग्नुपर्ने स्थिति हुन सक्छ । त्यसकारण पनि हामी बहुमतले अल्पमतमाथि शासन गर्ने दिनहरू ल्याउन, जनगणतन्त्रका दिनहरू ल्याउन संघर्षमा जान, अग्रगमनका पक्षमा रहन आवश्यक छ ।’

विरोध कार्यक्रममा विमल निभा, भूपाल राई, जगदीशचन्द्र भण्डारी, विष्णु भण्डारी, शकुन्तला जोशी, बलराम तिमिल्सिना, मित्रलाल पंज्ञानी, वसन्त बोगटी, कृष्णहरि भट्ट, महावीर विश्वकर्मा, राजु स्याङ्तान, गौरी दाहाल, सुनिता बुढाथोकीलगायतले प्रतिगमनका विरुद्ध कविता वाचन गरेका थिए ।