मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २२ बुधबार १६:४०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सबै अस्पतालहरूलाई नियमित सेवा प्रदान गर्न सरकारको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २२ बुधबार १६:४०:००

सरकारले सबै अस्पतालहरूलाई कोभिडसँग सम्बन्धित र गैरकोभिड उपचार सेवा प्रदान गर्न निर्देशन दिएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार भएको प्रेस ब्रिफिङमा कोभिड अस्पतालले कोभिड उपचारसँगै गैरकोभिड सेवा दिन भनिएको जानकारी दिए । त्यसैगरी, नन्काेभिड अस्पतालहरूले पनि गैरकोभिड सेवा प्रदान गर्न निर्देशन दिएको बताए ।

त्यसैगरी, खोप उच्चस्तरीय अनुगमन समिति गठन गरिएको पनि उनले जानकारी दिए । 

यसैबीच, पछिल्लो २४ घन्टा अवधिमा चार सय नाैजनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस अधिमा निको ४ सय ९५ जनामा कोरोना निको भएको मन्त्रालयले जनाएको छ । 

साथै यही पछिल्लो २४ घण्टाको अवधिमा थप ६ जनाको निधन भएको छ । योसँगे हालसम्म कोरोना संक्रमणबाट कुल निधन हुनेको संख्या १८ सय ९९ पुगेको छ । 

हालसम्म देशमा दुई लाख ६३ हजार एक सय ९३ जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये दुई लाख ५६ हजार एक सय ६१ जना संक्रमणमुक्त भएका छन् । यो दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

हाल १ सय ९७ जना आइसियूमा उपचाररत रहेका छन् भने ३० जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको भनाइ छ । 

प्रवक्ता गौतमले वायु प्रदूषणले श्वास–प्रश्वासमा कठिनाइ पार्ने भएकाले घरबाहिर निस्केर शारीरिक अभ्यास नगर्न आग्रह गरे । 

साथै फोहरहरू नजलाउन पनि उनले आग्रह गरे ।