१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २१ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष २१ मंगलबार २२:oo:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मंगलबार दिनभरका १० मुख्य खबर

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष २१ मंगलबार २२:oo:oo

काठमाडौंमा वायु प्रदूषण खतराको तहभन्दा दुई गुणा बढी, ९३ दिनयता वर्षात् नहुँदा सतहमै अड्किए प्रदूषित कण

सोमबार राति काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) ६०७ पुगेको थियो । मंगलबार अपराह्न काठमाडौंको एक्युआई चार सय तीनको आसपास छ । मौसमविद्हरूका अनुसार सोमबार रातिको एक्युआई स्तर हालसम्मकै उच्च हो । सोमबारदेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ । चिसो बढ्दै जाँदा घाम नलागेको र हावा नचलेका कारण वायुमण्डलमा भएका धुलो तथा धुवाँका कण सतहमा थिग्रिएका छन् । सोहीकारण, वायु प्रदूषण बढेको वातावरणविद्हरू बताउँछन् । उनीहरूका अनुसार मंगलबार काठमाडौं विश्वका सर्वाधिक प्रदूषित सहरको अग्रस्थानमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ एक्युआई ५० भन्दा तल हुनुपर्छ । नेपाल सरकारले भने त्यसलाई एक सयभन्दा मुनि निर्धारण गरेको छ । अर्थात्, नेपालमा ५० देखि एक सयबीचमा रहेमा वायुको गुणस्तर सामान्य मानिन्छ । तर, सोमबारदेखि देशभरि नै वायु प्रदूषणले खतराको तह पार गरेको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ, संविधानबारे अदालतमै गएर बहस गर्न पनि तयार छु : रामचन्द्र पौडेल (भिडियोसहित)

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै अदालतमा गएर बहस गर्न पनि तयार रहेको बताएका छन् । जनता समाजवादी पार्टी, नेपालले राजधानीमा मंगलबार आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्तरक्रियामा पौडेलले कुनै नेताको महत्वाकांक्षामा ठेस लाग्यो भने पनि प्रतिनिधिसभामाथि रिस पोख्ने तथा प्रतिनिधिसभालाई खेलौना बनाउने प्रवृत्तिको अन्त्य गर्न संसदीय प्रणालीलाई सुधार गर्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरिएको उनले स्मरण गरे । 

वृद्धालाई निकालियो ज्येष्ठ नागरिक आश्रमबाट

म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालिएको घटना बाहिर आएको छ । लामो समयदेखि आश्रममा बस्दै आएकी पर्वतको जलजला गाउँपालिका– ७ की ७९ वर्षीया पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो । आश्रमबाट निकालिएपछि विगत एक सातादेखि गलेश्वरमा चिनेजानेकाको शरणमा पुगेकी पौडेलले सोमबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई मौखिक गुनासो गरेकी छिन् । आश्रममा आफू बस्दै आएको कोठाबाट आश्रम व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर केसीको निर्देशनमा समितिका केही व्यक्तिले निकालेको वृद्धाले प्रजिअसमक्ष गुनासो पोखिन् । 

तलब–भत्ताको माग गर्दै स्वास्थ्यकर्मी धर्नामा

कोरोना संक्रमितको उपचारमा खटिएका सिराहाका स्वास्थ्यकर्मी तथा प्राविधिकहरू तलब–भत्ताको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । कोरोना संक्रमणको जोखिमका वेला उपचारमा खटिएका मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीहरू तलब–भत्ताको माग गर्दै जिल्ला अस्पताल सिराहामा धर्नामा बसेका हुन् । सदरमुकाम सिराहाको चन्द्र माध्यमिक विद्यालयको आइसोलेसन, सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको छात्रावास आइसोलेसन र महेन्द्र गेनाई कोरोना अस्थायी अस्पतालमा खटिएका चिकित्सक र प्राविधिकलाई पाँच महिनाको तलब–भत्ता नदिएकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको एचए ओमप्रभास ठाकुरले बताए ।

नेकपा प्रदेश २ संसदीय दलको नेतामा महतो चयन

नेकपा प्रदेश २ को संसदीय दलको नेतामा प्रदेश सांसद सत्रुधन महतो चयन भएका छन् । नेकपाका बहुमत सांसदको बैठकले सत्यनारायण मण्डललाई हटाएर महतोलाई चयन गरेको हो । मण्डल केपी ओली समूहका हुन् भने महतो प्रचण्ड–माधव नेपाल समूहका हुन् । संसदीय दलको बैठकमा मण्डलविरुद्ध दर्ता भएको प्रस्ताव पारित भएपछि महतोलाई निर्विरोध नेतामा चयन गरिएको निर्वाचन संयोजक तथा प्रदेश सांसद जगत यादवले जानकारी दिए । मंगलबार दिउँसो २ बजेसम्म मनोनयन गर्दा र पौने ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको थियो । सो अवधिमा महतोको मात्रै उम्मेदवारी परेको थियो । 

१७औँ पल्सर स्पोर्टस् अवार्ड : चार विधाको मनोनयन सार्वजनिक (सूचीसहित)

पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ तथा गल्फका सुवास तामाङ पल्सर स्पोर्टस् अवार्ड २०७६ को फरक–फरक विधामा मनोनीत भएका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार एक कार्यक्रमबीच चार विधा सार्वजनिक गर्दा यी तीन खेलाडीले वचश्र्व जमाएका छन् । यी सबै मनोनीत भएका खेलाडी गत वर्ष काठमाडौंमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता हुन् । गौरिकाले सर्वाधिक चार स्वर्ण हात पारेकी थिइन् । मन्देकाजी र सुवासले समान दुई स्वर्ण जितेका थिए । मञ्चले गत वर्ष मंसिरमा भएको १३औँ सागमा नेपाललाई दिएको सफलताको आधारमा खेलाडीदेखि प्रशिक्षकको मनोनयन गरेको जनाएको छ । १७औँ संस्करणको अवार्डमा मंगलबार सार्वजनिक भएको विधामा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक छन् । यी सबै विधामा समान पाँचजनाको मनोनयन भएको मञ्चको सचिव तथा छनोट समितिका संयोजक गोविन्द रेग्मीले जानकारी दिएका छन् । 

साउदीले कतारमाथिको नाकाबन्दी फुकुवा गर्ने

साउदी अरबले पछिल्लो साढे तीन वर्षदेखि कतारमाथि लगाउँदै आएको नाकाबन्दी फुकुवा गर्ने भएको छ । साउदीले कतारसँगको आफ्नो जल र स्थल सीमाहरू खोल्ने निर्णय गरेको कुवेतले जनाएको हो । मंगलबारबाट साउदीमा सुरु भएको गल्फ कोअपरेसन काउन्सिलको बैठकअघि नै साउदीले कतारमाथिको नाकाबन्दी हटाउने निर्णय गरेको हो । एक अमेरिकी अधिकारीलाई बिबिसीले उद्धृत गरेअनुसार यस सम्बन्धमा चाँडै नै सम्झौता हुँदै छ । आतंककारी समूहलाई सहयोग गरेको आरोप लगाउँदै साउदीले तीन वर्षअघि कतारमाथि नाकाबन्दी गरेको थियो । उसको उक्त कदममा अरू अरब राष्ट्रहरूले पनि साथ दिएका थिए । संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र इजिप्टले पनि कतारमाथि कूटनीतिक, व्यापारिक र यात्रामा प्रतिबन्धको निर्णय गरेका थिए । एउटा सानो तर धनी देश कतारले भने आतंककारी समूहलाई साथ दिएको भन्ने आरोपको खण्डन गर्दै आइरहेको छ । यहाँसम्म अवस्था कसरी सम्भव भयो ?...

सर्वाधिक महँगो क्याटेगोरीमा सन्दीप पिएसएल ड्राफ्टमा

नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को महँगो ड्राफ्टमा परेका छन् । सन्दीप पिएसएलको सर्वाधिक उच्च मूल्य मानिएको क्याटेगोरी प्लेटिनममा परेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । यस समूहमा विदेशी २५ खेलाडी परेका छन् । यस समूहमा दक्षिण अफ्रिकाका सर्वाधिक सात खेलाडी परेका छन् । वेस्टइन्डिज र इंग्ल्यान्डका समान पाँच खेलाडी यसै समूहमा छन् । टी–२० क्रिकेटमा प्रभुत्व जमाउँदै आएको अफगानिस्तानका तीन खेलाडी पनि छन् । यसैगरी श्रीलंकाका दुई खेलाडी रहेका छन् । नेपाल र बंगलादेशका समान एक खेलाडी सर्वाधिक महँगो मानिएको प्लेटिनममा परेका छन् । अफगानिस्तानका स्पिनर राशिद खान, वेस्टइन्डिजका आक्रामक ब्याट्समयान क्रिस गेल, ड्वेन ब्राभो, मोइन अली, डाबिड मालन र इमरान ताहिर प्लेटिनममा छन् । यस प्लेटिनम क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले एक लाख ४० हजारदेखि दुई लाख ३० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । यस क्याटेगोरीबाट एक फ्रेन्चाइज टोलीले एक खेलाडी मात्र अनुबन्ध गर्न पाउने प्रावधान छ । 

३० एसपी र ६९ डिएसपीको सरुवा, १८ जिल्लाका प्रहरी प्रमुख फेरिए

प्रहरी प्रधान कार्यालयले मंगलबार ३० जना प्रहरी उपरीक्षक (एसपी) र ६९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । यस्तो छ सूची...

नयाँ वर्षको पहिलो दिन विश्वमै सबैभन्दा धेरै शिशु भारतमा जन्मिए, एक दिनमै ६० हजार शिशुको जन्म

संयुक्त राष्ट्रसंघीय बाल संस्था युनिसेफका अनुसार सन् २०२१ को पहिलो दिन १ जनवरीमा विश्वभर तीन लाख ७१ हजार पाँच सय चारजना शिशुले जन्म लिए । त्यसमध्ये करिब ६० हजार शिशुको जन्म भारतमा मात्रै भएको छ । युनिसेफका अनुसार यस दिन सबैभन्दा पहिलो शिशु फिजीमा जन्मिएको थियो भने अन्तिममा जन्मिने शिशु अमेरिकाका थिए । कुल शिशुमध्ये १० देशका आधा, बाँकी अन्य देशका...