मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष २१ मंगलबार १६:४३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : पछिल्लो २४ घन्टामा ५२२ संक्रमित थपिए, आठको निधन 

Read Time : < 1 मिनेट
२०७७ पौष २१ मंगलबार १६:४३:००

नेपालमा पछिल्लो २४ घन्टामा पाँच सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा चार हजार पाँच सय ५१ जनाको पिसिआर परीक्षण गर्दा पाँच सय २२ जनामा संक्रमण पुष्टि भएको हो । 

योसँगै देशभर कोरोना संक्रमितको संख्या दुई लाख ६२ हजार सात सय ८४ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या पाँच हजार दुई सय २५ रहेको छ । 

यस्तै पछिल्लो २४ घन्टामा पाँच सय ७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ५५ हजार ६ सय ६६ पुगेको छ । 

यो अवधि कोरोना संक्रमणबाट थप आठजनाको निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८ सय ९३ पुगेको मन्त्रालयले जनाएको छ ।