
पछिल्लो २४ घन्टामा नेपालमा चार सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ६१ हजार चार सय ३८ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या पाँच हजार सात सय ११ छ ।
पछिल्लो २४ घन्टामा सात सय ५० जना निको भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ५३ हजार आठ सय ५७ पुगेको छ ।
यो अवधिमा कोरोनाबाट थप ६ जनाको निधन भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ सय ७० पुगेको छ ।